दुई महिनामा तीन करोड ५१ लाख रुपैया“ बराबरको तयारी मासु आयात

२०७५ कार्तिक २, शुक्रबार ०९:५१ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पछिल्लो समय मासु आयात उल्लेख्य दरले बढ्दै गएको छ ।

चालू आर्थिक वर्षको दुई महिनामामात्र तीन करोड ५१ लाख रुपैया“ बराबरको तयारी मासु आयात भएको भन्सार विभागले जनाएको छ ।

असोज, कात्तिक दसैं र तिहारको समयमा मासु आयात एवं खपत सबैभन्दा उच्च हुने गरेको छ ।

यो अवधिमा एक लाख बढी जिउ“दो खसी,बोका आयात भएकोे भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।

साउन र भदौ महिनामामात्र सात करोड ७५ लाख रुपैयाको एक लाख खसी,बोका आयात भएको भन्सार विभागले जनाएको हो ।

दुई महिनाको अवधिमा १६ करोड बराबरको जिउ“दो माछा आयात भएको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय