बाघको संख्या बढ्यो

२०७५ कार्तिक २, शुक्रबार ०९:४७ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

बाके राष्ट्रिय निकुञ्जमा बाघको संखया ह्वात्तै बढ्ेको छ ।

बाघ संरक्षणकै लागि स्थापना गरिएको निकुञ्जमा बाघ गणनाको पछिल्लो तथ्याङ्कअनुसार २१ बाघ पुगेका छन् । बाघ बढेसगै संरक्षणमा चुनौती थपिएको जनाइएको छ ।

बाघ संरक्षणका लागि आहारा प्रजातिका जनावरको वृद्धि हुनैपर्ने बताइएको छ । बाकेमा सन् २००८(विसं २०६५तिर) देखि बाघ गणना शुरु भएको थियो । सो समयमा निकुञ्जमा बाघ दखिएको थिएन ।

सन् २०१३(विसं २०७०तिर) मा भएको दोस्रो बाघ गणनाका क्रममा चार बाघ देखिएका थिए ।

सन् २०१८(विसं २०७५तिर) मा भएको तेस्रो गणनानुसार झण्डै पा“च गुणाले बाघको संख्या वृद्धि भई २१ पुगेको हो ।

एउटा बाघले एक वर्षमा औसतमा ६० वटासम्म शिकार गर्छ भने एक पटकमा १५ देखि ४० किलोसम्म मासु खाने गर्छ ।

निकुञ्जमा बाघलाई पुग्ने आहारा भए पनि बाघको वृद्धिदरलाई हेर्ने हो भने आहारा प्रजातिका वन्यजन्तुको संरक्षण गर्नैपर्ने निकुञजले जनाएको छ ।

चित्तल, चौका, बँदेल, रतुवालगायत आहारा प्रजातिको वन्यजन्तुको संरक्षण जरुरी रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय