पप्पु कन्स्ट्रक्सनका १२ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता

२०७५ आश्विन २०, शनिबार १४:१५ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पप्पु कन्स्ट्रक्सनका तत्कालीन अध्यक्ष तथा सांसद हरिनारायण रौनियार र हालका अध्यक्ष उनका छोरा सुमित रौनियारसहित १२ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।

बबइ पुलसहित विभिन्न ठेक्कामा भ्रष्टाचार गरेको खुलेपछि अख्तियारले अदालतमा मुद्दा दायर गरेको हो । हरिनारायण रौनियार पर्सा ३ बाट निर्वाचित संघीय समाजवादी फोरमका सांसद पनि हुन् ।

अख्तियारले रौनियारसहित १२ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

बर्दियाको जब्दिघाटमा बबई नदीमाथि पुल निर्माणका क्रममा गुणस्तरहीन सामग्री प्रयोग भएको पुष्टि भएपछि अख्तियारले सांसद रौनियारसहित उनका छोरा सुमित र अन्य १० जना विरुद्ध मुद्दा दायर गरेको हो । विशेष अदालतमा मुद्दा दायर भएपछि सांसदको संसद पद समेत स्वत हटने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय