सुष्मा महराको बिशेष मेकअप टिप्समा सुन्दरी बन्ने हैन त दंशैमा ?

२०७५ आश्विन १८, बिहीबार १८:३९ ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

लामो समय देखि सौन्दर्य ब्यवसायमा आबद्ध सुष्मा महरा चर्चित ब्युटीसीयन हुन ।

उनको हातबाट श्रृगारीएर आनन्द लिने गा्राहकरुको संख्या दिनानु दिन बढ्दो छ ।

फेसीयल हाउस संचालन गरीरहेकी सुष्मा महरा समाजसेव िपनि हुन ।

नेपाल उद्योग बाणिज्यसंघ काठमांडौको भर्खरै कोषध्यक्षको जिम्मेवारी सम्हालेकी सुष्मा महराले आउदै गरेको दंशै तिहारलाई लक्षित गरेर बिशेष गरी नारीहरुको लागि उपयोगि मेकअप टिप्स दिएकी छन् ।

सुष्मा महराको उल्लेखित टिप्स पढेर आफै सुन्दरी बन्ने हैन त ?

मेकअप गर्दा बिबाहित महिलाले ब्राइट देखिने हल्का मेकअपगर्ने 

अबिबाहित ले सिम्पल र नेचुरल मेकअप गर्दा देरही राम्रो देखिन्छ ।

दशै को टिका को दिन अगाडि मठ–मन्दिर जाने प्रचलन भएकोले वाटरप्रुफ मेकअप लगाउनुपर्छ ।

टिका लगाउनेँ दिन मा विवाहित महिलाहरूले रातो एवं ब्राइट कलरका पहिरन लगाउदा सेमी ब्राइडल लुक्स दिने मेकअप उपयुक्त हुन्छ जसमा आइज स्मोकी हुनुपर्छ ।गोल्डेन र ब्ल्याक स्मोकी राम्रो देखिन्छ ।

डार्क सर्कल छ भने कन्सुलरले छोप्ने, पेनस्टिक लगाउने, ह्वाइट पाउडर प्रयोग गर्ने ।

आइ मेकअप


कपर स्मोकी आइ साडी, गाउन, कुर्ती जेमा पनि सुहाउँछ । कपर स्मोकीमा गोल्डेन वा सिल्भर आइस्याडो लगाई साइडमा ब्ल्याक वा ब्राउनले मर्ज गर्ने ।

आँखाको सेप गोलो छ भने राउन्ड सेप दिने । मंगोलियन चिन्की आइजलाई स्मोकी आइ त्यति सुहाउँदैन ।

आर्यन फेसमा स्मोकी आइ निकै राम्रो देखिन्छ । ब्ल्याक स्मोकी आइ मेकअपले सानो आँखालाई ठूलो देखाउँछ । पहिले पेन्सिलले सेप कोर्ने त्यसपछि ब्ल्याक आइस्याडो, तल डार्क माथि ब्राउन कलर प्रयोग गर्दै फेड गर्ने र माथिबाट ह्वाइट स्याडो लगाउने ।

फेस कटिङ

गोलो फेसलाई लाम्चो तरिकाले कटिङ गर्ने, कटिङ गर्दा पहिले ब्राउन्जरले र पछि त्यसकै माथि ब्लसर लगाइदिने ।

लामो फेसलाई छोटो कटिङ गरी अगाडि अलिकति घुमाइदिने ।

चिउँडोको हयी ठूलो र मासु बढी छ भने ब्राउन्जरले कटिङ गरी लुकाउनुपर्छ ।ब्राउन्जरले नाक कटिङ गर्ने । आर्यन नाकमा बीचको भाग ठूलो राख्ने । त्यसपछि ब्राउन्जर लगाइएको भाग माथि ब्लसर लगाउने ।

 

लिप


तीजमा रातै लिपिस्टिक खुल्छ । गाउन वा वानपिस छ भने मरुन कलर प्रयोग गर्न सकिन्छ । दशै मा दिनभर टिकाउको लागि म्याट लिपिस्टिक उपयुक्त हुन्छ ।

लिप केयरका लागि ओठको छाला अन्य छालाभन्दा निकै नरम तथा कोमल हुने भएकाले यसको सुरक्षा गर्न नरम कपडाले पुछ्ने ।

राति सुत्नुअघि पेट्रोलियम जेली लगाउने ।

यदि दुवै ओठ मिलेको छ भने लिप पेन्सिल आउट लाइन दिएर लिपिस्टिक प्रयोग गर्नुपर्छ ।

लामो समय टिकाउन लिपिस्टिक लगाउनुअघि फाउन्डेसन लगाउने ।

कुन कलरको लिपिस्टिक लगाउने हो त्यो भन्दा हल्का डार्क कलरको लिप लाइनरले ओठलाई सेप दिने र लिपको सेपअनुसार ब्रसको सहायताले लिपिस्टिक लगाउने ।

नेल आर्ट 

नङ पनि आकर्षक देखिनुपर्छ ।

यदि आफ्नो नङ राम्रो छैन भने फ्रेन्च नेल बनाउँदा नङ सफा देखिन्छ । नङलाई आकर्षक देखाउन नेल आर्ट गर्न सकिन्छ ।

नेल आर्ट तथा पेन्टिङका सौखिनहरूले टेम्पोररी नेल आर्ट गराउनु उपयुक्त हुन्छ ।

यस्तै पर्मानेन्ट नेल आर्ट व्यस्त महिलाहरूका लागि उपयुक्त मानिन्छ । यो सफा, डिसेन्ट तथा स्टान्डर लुक्स दिने खालको हुन्छ । नेल आर्ट पानी खेल्दा वा लुगा धुँदा पनि जाँदैन ।

हेयर स्टाइल

हेयरमा मेसी बन राम्रो देखिन्छ ।

केश लामो छ भने कर्ल तथा छोटो छ भने स्ट्रेट उपयुक्त हुन्छ ।

लामो केशमा मेसी बन खुल्छ ।

फिनिसिङ मेकअप

सबै मेकअप सकेपछि लङ लास्टिङ फिनिसिङ स्प्रे छर्किने ।

यसरी मेकअप गरिसकेपछि राति सुत्नु अघि दिनभरि थापेको टिकाले कहिलेकाहीँ निधारमा एलर्जी हुन सक्ने संभावना भकोले राम्ररी मेकअप रेमभर ले पुछेर अनि एकछिन क्लीजीन गरेर फेसवाश गर्ने अनि स्किन टोनर र स्किन बैलेन्सिंग क्रीम लगाएर सुत्दा स्किन पानी ड़यामेज नहुने र हेल्दी पनि देखिन्छ ्र

साबधानी स्(मेकअप गरेको बेला सुत्नु आगी राम्ररी मेकअप रिमभ गर्ने बानिग्रनु पर्छ यदी नगरी सुतेको खाण्डमा स्किन डैमेज हुने स्किनमा ठुलो ठुलो समस्या आउन सक्छ ्र

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय