खानेपानी ट्यांकर नियन्त्रणमा

२०७५ भाद्र ३०, शनिबार ०६:११ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

खानेपानी मन्त्रालयको अनुगमन टोलीले बौद्ध जोरपाटी क्षेत्रबाट चार वटा ट्यांकरलाई नियन्त्रणमा लिएको छ ।

काठमाडौं उपत्यका खानेपानी बोर्डका ईन्जिनियर वोधराज दाहाल नेतृत्वको टोलीले जोरपाटी क्षेत्रबाट स्टिकर नराखेका ट्यांकरहरुलाई नियन्त्रणमा लिएको हो ।

टोलीले नेपाल ड्रिङ्क्स प्रालि, गोकर्णेश्वर ग्रुप प्रालि, बनदेवी खानेपानी उद्योग, गंगा खानेपानी उद्योग, कृष्ण खानेपानी उद्योग, सुपि्रया ट्रेडर्स प्रालि, होलिडे टाग र धौलागिरि खानेपानी उद्योगमा अनुगमन गरेको छ ।

अनुगमनको क्रममा कृष्ण र गंगा खानेपानी उद्योगमा दर्ताको प्रमाणपत्र नराखेको पाइएको छ । ति उद्योगका सञ्चालकलाई सात दिनभित्र कागजपत्रसहित कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको काठमाडौं उपत्यका खानेपानी बोर्डका ईन्जिनियर दाहालले जानकारी दिए ।

खानेपानी मन्त्रालय र त्यस मातहतका कार्यालयका अधिकारीहरुले शनिबार बिहानदेखि काठमाडौं र ललितपुरका बिभिन्न क्षेत्रमा अनुगमन जारी राखेका छन् । अनुगमनका लागि खानेपानी मन्त्रालयका पाँच टोली परिचालित छन् । मन्त्री बिना मगर नेतृत्वको टोलीले ललितपुरमा अनुगमन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय