बिद्युतीय मेसिनबाट डा उपेन्द्र देवकोटाको दाहसंस्कार श्रद्धाञ्जलीकालागि शव बिहान ८ देखि १ बजेसम्म न्यूरो अस्पतालको प्रांगणमा

२०७५ असार ४, सोमबार १४:५९ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

सोमबार निधन भएका वरिष्ठ न्यूरोसर्जन डा उपेन्द्र देवकोटाको मंगलबार दाहसंस्कार हुने भएको छ। न्यूरो अस्पतालका अनुसार बिद्युतीय मेसिनबाट उनको दाहसंस्कार हुने छ।

श्रद्धाञ्जलीका लागि उनको शव बिहान ८ देखि १ बजेसम्म न्यूरो अस्पतालको प्रांगणमा राखिने अस्पतालले जनाएको छ।

पित्तनलीको क्यान्सरबाट ग्रसित डा देवकोटाको बाँसबारीस्थित आफ्नै अस्पतालमा उपचारका क्रममा आज साँझ ५ बजेर ३५ मिनेट जाँदा निधन भएको हो।

डा देवकोटाको काजकिरिया श्रीमती डा मधु दिक्षित देवकोटा तथा छोरीहरु मेघा, बसुधा र मञ्जरीले गर्नेछन्। काजकिरिया सात दिनमा सकिने अस्पतालद्वाजारी विज्ञप्तीमा उल्लेख छ

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय