कुदाउँदै गरेको मोटरसाइकलमा आफै आगलागी

२०७५ असार ४, सोमबार १४:५२ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

सोमबार दिउसो मोरङ कानेपोखरी गाँउपालिका ४ बस्ने २८ वर्षीय राजकुमार खत्रीले कुदाउँदै गरेको मोटरसाइकलमा आगलागी भएको छ । अचानक आगलागी भएर मोटरसाइकल पूर्ण रुपमा क्षति  भएको छ ।

खत्रीले कुदाउँदै गरेको को १९ प ७३७७ नम्बारको निलो रङ्गको १८५ सीसीको मोटरसाइकलमा अचानक आफै आगलागी भएको थियो ।

खत्रीले मोरङको भाउन्ने पेट्रोल पम्पमा पेट्रोल हालेर दुई मिटर अगाडि पुग्दा मोटरसाइकलमा आगलागी भएको डाँगीहाटका प्रहरी इन्चार्ज नारायण प्रधानले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय