पंहेलो पानी प्रयोग नगरौं

२०७५ असार २, शनिबार १८:०७ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

जल तथा मौसम विज्ञान विभागले मनसून सक्रिय नभएसम्म बर्षादको पानी प्रयोग नगर्न सर्वसाधरणलाई आह्वान गरेको छ ।

भारतको राजस्थानबाट धुलो नेपालको पश्चिमी भूभागबाट आ“धीको रुपमा प्रवेश गरी पूर्वीय हावास“ग मिश्रण हु“दा भएको वर्षामा मानव तथा पशुपंक्षीका लागि पनि हानिकारक रहेको भन्दै बर्षादको पानी प्रयोग नगर्न आग्रह गरेको हो ।

मौसमविद् मिनकुमार अर्यालले धमिलो र पहेलो रंगको हिलो मिसिएको पानी कुनै पनि प्रयोजनका लागि उपयुक्त नरहेकाले संकलित पानी फालेर नया“ पानी प्रयोग गर्न सुझाव दिनुभयो ।

उहा“ले पहेंलो र हिलो मिसिएको पानी प्रयोग भएमा महामारी फैलिन सक्ने खतरा औल्याउनुभयो ।

आकासे पानी संकलन गरेर कृषि, पशुचौपाय अर्थात घरायसी अन्य प्रयोजनमा प्रयोग गर्ने गरिएको छ । भारतको राजस्थान आसपासको मरुभूमिमा चलेको धुलोको हुरी पश्चिमी वायुको प्रभावले पूर्वतिर सर्दै गंगाको फा“टमाथिको वायुमण्डल हु“दै नेपालको वायूमण्डलमा समेत प्रवेश गरेको हु“दा शुक्रबार राति परेको बर्षा पहेलो र हिलो मिसिएको पाईएको उहा“ले स्पष्ट पार्नुभयो ।

अझै केही दिन बर्षाको पानी स्वच्छ नहुने पनि जानकारी दिनुभयो ।

मौसमविद अर्यालले धुलोयुक्त पश्चिमी हावाको प्रवेश कमजोर र नेपालको मनसुनी दक्षिण पुर्वी हावाको प्रभाव बलियो भएपछि विस्तारै मौसम सफा हुने बताउनुभयो ।
शुक्रबार सांझ मुलुकका विभिन्न स्थानमा परेको पानी पहेलो र हिलो मिसिएको पाईएपछि सर्वत्र त्रास फैलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय