अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि शनिबार माइतीघर मण्डलामा मुखमा टेप टा“सेर विरोध गरेका डाक्टर गोबीन्द केसीले बिरोध गरेका छन् ,
नागरिकको अभिव्यक्ति स्वतन्त्रता खोस्दै सरकार एकतन्त्रीय र स्वेच्छाचारी ढंगले अघि बढेकाले आफुले मुखमा टेप लगाएर विरोध गर्नुपरेको स्पष्ट पार्नुभयो ।
सर्वोच्च अदालतले अपराधि ठहर गरेकालाई माफी दिएर सरकारले गणतन्त्रमाथि नै प्रहार गर्ने काम गरेको टिप्पणी उहा“ले गर्नुभयो ।
उपत्यकाका ७ स्थानबाहेक अन्यन्त्र सभा, सम्मेलन, प्रर्दशनमा रोक लगाउने सरकारको निर्णयलाई चुनौति दि“दै उहा“ मण्डलामै बसेर जनताको अधिकारका लागि आवाज बुलन्द पार्ने बताउनुभयो ।
भ्रष्टाचार नियन्त्रण गर्छु भन्ने सरकारका मन्त्रीहरुनै भ्रष्टाचार भएको दाबी पनि उहा“ले गर्नुभयो ।
प्रधानमन्त्री, मन्त्रीहरु र नेताहरु स्वच्छ छविका भएमा ५० प्रतिशत भ्रष्टाचार कारवाही नगरिकनै कम हुने दाबी गर्नुभयो ।
चिकित्सा शिक्षा अध्यादेशको प्रतिस्थापन विधेयक तत्काल संसदमा पेश गरेर पारित गर्नुपर्ने लागायत ६ बु“दे माग अघि सार्दै डाक्टर केसीले पुरा नभए सत्याग्रह सहित आन्दोलनका कडा कार्यक्रम ल्याउने चेतावनी दिनुभएको छ ।


