प्रदेश नम्बर १ को सुविधा सम्पन्न अस्पतालको रुपमा परिचित सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बेतिथिले गर्दा समस्यै समस्याले जेलिएको छ ।
पछिल्लो शवगृहको मर्चरी मेसिन विग्रिएको महिनौं बित्दा पनि मर्मत नहु“दा शवगृह दुर्गन्धित भएको छ ।
विपि कोईराला स्वास्थ विज्ञान प्रतिष्ठान धरानको शव गृहमा ८ वटा सम्मशव राख्न सकिने क्षमताको मर्चरी छ ।
तर दुईवटा मर्चरी मेसिन मध्ये एउटा मर्चरी मेसिन विग्रिएको महिनौ भईसकेको छ । बिग्रिएको मेसिन नबन्दा अहिले शवहरु कुहिन थालेका छन् । यसरी असरल्ल मर्चरी मेसिन बाहिर राखिएका शवहरुमा झिगा भन्किनुका साथै किरा परेका छन् ।
यसले शव गृह मात्रै होईन, बाहिरै दुर्गन्ध फैलिन थालेको छ ।
पूर्वकै सुविधा सम्पन्न ठूलो अस्पताल भनिएको विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहको मेसिन विग्रिएपछि अहिले प्रतिष्ठानमा उपचारका लागि आएका बिरामीहरुको मृत्यू हुदा समेत शव राख्ने ठाउ“ छैन ।
योसंगै पूर्वका विभिन्न ठाउमा विभिन्न घटनाबाट मृत्यू भएका शवहरु समेत प्रतिष्ठानको शव गृहमा पोष्टमार्टमको लागि प्रहरीले पठाउने गर्छ । मेसिन बिग्रिदा यसरी पठाएका शवहरु शव गृह भित्रै कुहिन थालेको छ । कामै गर्न गाह्रो भएको कर्मचारीहरु वताउछन् ।
सम्बन्धित निकायलाई यसवारेमा जानकारी दिदा पनि मर्मतका लागि पहल नगरेको त्यहा कार्यरत कर्मचारीहरु वताउछन् ।
पूर्व भरिका बेवारिसे शव प्रतिष्ठानको शव गृहमै ल्याईन्छ । तर अहिले शव गृहको शव राख्ने मेसिन विग्रिएपछि भने ठूलो समस्या सृर्जना भएको छ ।
यसरी प्रहरीले ल्याएका शवहरुको तत्कालै पोष्टमार्टम गर्न नहुने, घटनाबारेमा अनुसन्धानबाट पहिचान गरेर मात्रै गर्नुपर्ने भएकोले पोष्टमार्टमका लागि ल्याईएका बेवारिसे शवहरु भुईमै राखिएका छन् र कुहिएका छन् ।
अहिले पनि प्रतिष्ठानको शव गृहमा ४ वटा बेवारिसे शव लथालिङग अवस्थामा भुईमै राखिएको छ । यी शवहरु कुहिएर शव गृह भन्दा बाहिरसम्म पनि दुर्गन्ध फैलिएको छ ।


