३८ क्वीन्टल सुन तस्करी प्रकरण :बाजेको सेकुवाका सबै सामान शिलबन्दी

२०७५ जेष्ठ ३०, बुधबार १४:४९ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

३८ क्वीन्टल सुन तस्करी प्रकरणको अनुसन्धान गरिरहेको विशेष अनुसन्धान समितिले बाजेको सेकुवा रेस्टुरेन्टमा छापा मारेको छ ।

समिति स्रोतका अनुसार अनामनगर, स्रोहखुट्टे, सामाखुसी, बत्तिसपुतली, कमलपोखरी र गैरीधारास्थित बाजेको सेकुवाको शाखामा छापा मारेर शिलबन्दी गरिएको हो । बाजेको सेकुवाका मालिक चेतन भण्डारी सुन तस्करीको मुद्दाका फरार अभियुक्त हुन् । उनी अझैसम्म पक्राउ परेका छैनन् ।


गृह मन्त्रालयबाट गएको टोलीले जनाउ पूर्जी थमाएर रेष्टुराँमा शिलबन्दी गरेको हो । तर छापा मार्नेक्रममा सुन त भेटिएन तर, रेष्टुरामा भएका सबै सामान शिलबन्दी गरिएको छ । प्रहरी टोलीले रेष्टुराँमा भएको भेडे खुर्सानीसमेत शिलबन्दी गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय