प्रजातान्त्रिक जनगणतान्त्रिक उत्तर कोरिया नेता र अमेरिकाबीचको शान्ति वार्ताको सफलताका कामना गर्दै नेपालमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरिएको छ ।
इन्टरनेशन कमिटी फर स्टडी अफ सनगुन पोलिसी फर पिसफुल रि–युनिफिकेशन अफ कोरिया र नेपाल लिटरेसी फोरम फर सनगुन पोलेसी स्टडी नेपालको संयुक्त आयोजनामा बानेश्वरस्थित शताब्दी स्कुलको सभाकक्षमा सो कार्यक्रम सम्पन्न गरिएको हो ।
प्रजातान्त्रिक जनगणतान्त्रिक उत्तर कोरियाका सर्वोच्च नेता मार्सल किङ जुन उन र अमेरिका राष्ट्रपति डोनाल्ड ट्रमबीच भोलि विहान सिंगापुरमा हुने शिखरवार्चाको पूर्वसन्ध्यामा वार्ता सफलताको कामना गर्दै विभिन्न संघसंस्थाका व्यक्तित्वहरुको सहभागितामा नेपालमा दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको हो ।
काठमाडौँ क्षेत्र नं। १ का प्रदेश सभा सांसद् गणेश दुलाल, नेपाल कम्युनिष्ट पार्टीका युवा नेता अनिल शर्मा, जेष्ठ नागरिक समाजका महासचिव कुमार पोखरेल, शताब्दी इंलिश बोर्डिङ स्कुलका अध्यक्ष सूर्य भण्डारी, आध्यात्मिक परोपकार संस्थाका अध्यक्ष पं।
बलराम पौडेल, समाजसेवी सपना अर्याल विभिन्न सामाजिक एवं शैक्षिक संघसंस्थाका पदाधिकारीहरुले शिखरवार्ताको सफलताको कामना गर्दै दीप प्रज्वलन गरेका थिए ।
कार्यक्रममा इन्टरनेशन कमिटी फर स्टडी अफ सनगुन पोलिसी फर पिसफुल रियुनिफिकेशन अफ कोरियाका अध्यक्ष वसन्तकुमार श्रेष्ठले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो भने नेपाल लिटरेसी फोरम फर सनगुन पोलेसी स्टडी नेपालका अध्यक्ष शंकर भारती र इन्टरनेशन कमिटी फर स्टडी अफ सनगुन पोलिसी फर पिसफुल रियुनिफिकेशन अफ कोरियाका महासचिव श्यामकुमार तण्डुकार, जेष्ठ नागरिक कल्याण समाजका महासचिव कुमार पोखरेल लगायतले विश्व शान्तिका कामना गर्दै आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।
सो कार्यक्रममा धार्मिक तथा सामाजिक व्यक्तित्वहरुको उपस्थिति हुनका साथै शंखनादसहित दीप प्रज्वललन गरी दक्षिण कोरिया र अमेरिकाबीचको शान्ति वार्ताको सफलताको कामना गरिएको थियो ।


