२० लाख पर्यटक भित्राउँछौंः अर्थमन्त्री

२०७५ जेष्ठ २६, शनिबार १४:४४ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

 

प्रदेश ४ को सरकारले २०२२ सम्म २० लाख पर्यटक भित्राउने लक्ष्य राखेको छ । यसका लागि यो परियोजना महत्वपूर्ण हुने आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले बताए । ‘हामीले २० लाख पर्यटक भित्राउँछौं भनेका छौं । त्यसका लागि मादीमा बन्ने केबलकार पनि सहयोगी बन्नेछ’ गुरुङले भने, ‘सिक्लेसदेखि कोरीसम्म बन्ने केबलकारले सिक्लेस, ताङतिङ र मादी गाउँपालिकामात्रै होइन् प्रदेशकै निम्ति महत्वपूर्ण बन्ने छ ।’

सरकारले लक्ष्य गरेको पर्यटक भित्राउन कहाँ कति पर्यटक गइरहेका, कहाँ अझै जान सक्छन्, कहाँ केके पूर्वाधार तयार पार्ने भन्ने गुरुयोजना बनाएर अगाडि बढ्ने गुरुङले बताए ।

आगामी आर्थिक वर्षमा सरकारको कुल बजेटको ३५ देखि ४० प्रतिशत भौतिक पूर्वाधार निर्माणमै खर्च हुने गुरुङले बताए । सरकारकको प्रमुख प्राथमिकतामा पर्यटन रहेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय