भारतिय मन्त्री मोदीको नेपाल भ्रमण तालिका

२०७५ बैशाख २७, बिहीबार ११:१३ ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिन भ्रमणमा शुक्रबार नेपाल आउदैछन् । पटनाबाट हेलिकप्टर मार्फत मोदी सिधै जनकपुर आउने कार्यक्रम छ ।

दुईदिने नेपाल भ्रमणमा मोदीको धार्मिक र राजनीतिक दुवै हुने भएको छ ।

मोदी तराईको जनकपुर हुर्दै केन्द्रीय राजधानी काठमाडौंका साथै हिमाली क्ष्ँेत्र मुस्ताङको मुक्तिनाथ मन्दिरमा समेत पुग्ने भएका छन् । उनको सुरक्षाको सबै प्रवन्ध मिलाइएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो तेस्रो नेपाल भ्रमण जनकपुरबाट सुरु गर्दैछन् ।

भारतीय वायुसेनाको जहाजबाट मोदी विहारको पटना विमानस्थलमा २८ गते बिहान अवतरण गर्नेछन् मोदी ।

लगत्तै मोदी र उनको टोलीसहितको तीनवटा हेलिकप्टर जनकपुरको रंगभूमि मैदानमा करिव विहान ९ बजे अवतरण गर्नेछ ।

जनकपुरमा मोदीलाई रक्षामन्त्री ईश्वर पोखरेल र २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले स्वागत गर्नेछन् ।

त्यसपछि, मोदी जानकी मन्दिर आएर पूजाअर्चना गर्नेछन् । पूजाआजामा प्रधानमन्त्री केपी शर्मा ओली पनि संगै उपस्थित हुनेछन् ।

पूजालगत्तै ओली र मोदीबीच जनकपुरमै पहिलो अनौपचारिक छलफल हुनेछ । सोही क्रममा जनकपुरबाट भारतको अयोध्या जोड्ने रामायण सर्किटबारे सुरुवात समेत हुनेछ ।

पूजा सकेर मोदी रंगभूमि मैदान फर्कनेछन् । जहा“ उनलाई जनकपुरका मेयरलगायतको समूहले नागरिक अभिनन्दन गर्नेछ ।

अभिन्नदनपछि उनी काठमाडौं आउने छन् । मोदीलाई हयत होटलमा बसोबासको व्यवस्था मिलाइएको छ ।

काठमाडौं आएपछि मोदीलाई सैनिक मञ्च टुडिखेलमा ‘गार्ड अफ अनर’ दिइने छ । शुक्रबारै मोदीले राष्ट्रपति, उपराष्ट्रपतिस“ग शिष्टाचार भेटका साथै राजनीतिक भेटघाट समेत गर्नेछन् ।

शनिबार बिहान मोदी पोखरा हु“दै मुक्तिनाथ मन्दिरको दर्शन गर्न जानेछन् ।
मोदीले सबै प्रदेशका मुख्यमन्त्री, राजनीतिक दलका शीर्ष नेतालगायतलाई भेट्ने कार्यक्रम छ । समकक्षी ओलीसंग भने मोदीको ४ पटक भेट हुनेछ ।

काठमाडौं प्रहरी एकेडेमी र अरुण तेस्रोको शिलान्यास गर्ने कार्यक्रम छ । शनिबारै मोदी स्वदेश फिर्ता हुने छन् ।

मोदीको भ्रमणका लागि सबै सुरक्षा निकाय परिचान भएका छन् ।

मोदीको भ्रमणमा जनकपुरमा मात्र ७ हजार भन्दा बढि सुरक्षाकर्मी परिचालित गरिएको छ ।

मोदीको सुरक्षाका लागि भारतीय सुरक्षाकर्मीको टोलीले पनि जनकपुर, काठमाडौं र मुक्तिनाथको अवलोकन गरिसकेको छ ।

मोदीको सुरक्षा घेरा ५ तहको हुने छ । मोदीको सबैभन्दा भित्री घेरामा भारतीय सुरक्षाकर्मी रहने छन् ।

पहिलो घेरामा नेपाली सेना, दोस्रोमा प्रहरी, तेस्रोमा सशस्त्र प्रहरी र चौथोमा सादा पोसाकमा सबै निकायका सुरक्षाकर्मी हुने छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय