नेपाल चलचित्र निर्देशक समाजको नेतृत्वमा अरुणकुमार प्रधान

२०८३ जेष्ठ १६, शनिबार ०९:४३ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

नेपाल चलचित्र निर्देशक समाजको नयाँ नेतृत्व चयन भएको छ। काठमाडौंमा सम्पन्न समाजको १८औं वार्षिक साधारणसभा तथा महाधिवेशनबाट निर्देशक अरुणकुमार प्रधान अध्यक्षमा निर्वाचित हुनुभएको हो। उहाँले आफ्ना निकटतम् प्रतिद्वन्द्वी तथा निवर्तमान अध्यक्ष जनकदीप पराजुलीलाई ६३ मतान्तरले पराजित गर्नुभयो। निर्वाचनमा अरुणले १०९ मत प्राप्त गर्दा जनकदीपले ४६ मत मात्र पाउनुभयो। आगामी तीन वर्षे कार्यकालका लागि निर्वाचित पदाधिकारीहरूमा अधिकांश अरुण प्यानलकै उम्मेदवारहरूको स्पष्ट बहुमत स्थापित भएको छ।

नवगठित कार्यसमितिको दुई उपाध्यक्ष पदमा सुवास गजुरेल ९९५ मत० र दीपक वली ९७१ मत० विजयी हुनुभएको छ। यस्तै, महासचिवमा समुन्द्र भट्ट १०६ मतका साथ प्रभावशाली रूपमा निर्वाचित हुनुभयो भने सचिवमा राजबहादुर साने ९८० मत० विजयी हुनुभयो। कोषाध्यक्ष पदमा जनक खड्का र सदस्यहरूमा लक्ष्मण सुवेदी, लक्ष्मण सुनार, साकार पन्त, अमरदीप सापकोटा, शिव शर्मा कँडेल तथा हस्तबहादुर लिम्बु निर्विरोध निर्वाचित हुनुभएको छ। सह(कोषाध्यक्ष पदमा भने उत्सव केसी ६६ मत ल्याएर विजयी हुनुभयो।

वि।सं। २०५७ सालमा स्थापना भएको यस समाजले नेपाली निर्देशकहरूको पेशागत हकहित, श्रम अधिकार, पारिश्रमिक र बौद्धिक सम्पत्तिको संरक्षणका लागि काम गर्दै आएको छ। नवनिर्वाचित अध्यक्ष अरुणकुमार प्रधानले निर्वाचनपछि निर्देशकहरूको एकता, पेशागत सम्मान र डिजिटल युगअनुसार चलचित्र क्षेत्रको समग्र विकासलाई पहिलो प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय