नेकपा एमालेका युवा नेता सुहाङ नेम्वाङले आफूले कुनै दबाब वा प्रभावमा परेर उम्मेदवारी फिर्ता नलिएको प्रष्ट पारेका छन् ।
दलको नेतामा बादल निर्विरोध चयनको घोषणापछि उनले यो प्रक्रियालाई नकारात्मक रूपमा नहेर्न आग्रह गरे ।नेम्वाङले भने, ‘यहाँ कुनै दबाब भएको छैन । मैले जुन अपेक्षा गरेको थिएँ त्यो हिसाबको भएन ।
मभन्दा अर्को उम्मेदवार संसदीय दलको नेता हुने ठानेर यो रिजल्ट आएको छ ।’यो मैले एक पाइलामात्र चालेको हो, अब चाल्दै जान्छु ।’


