काठमांडौको भृकुटीमण्डपमा चैत्र १९ गते यहि बिहिबारबाट ५ दिनसम्म तेश्रो होर्टीकल्चर एक्सपो २०८२ हुदैछ । नर्सरी ब्यवसायको विकास र बिस्तार स्वच्छ बातावरण सहित आय र रोजगार भन्ने नारा सहित नर्सरी ब्यवसायीसंघ नेपालले आयोजना गर्न लागेको तेश्रो होर्टीकल्चर एक्सपोमा पुस्प, फलफुल ,कृषिबन ,जडीबुटीहरुको प्रर्दशीनलाई बिशेष प्राथमिकता दिइने बताइएको छ । एक्सपोको बारेमा नर्सरी ब्यवसायीसंघ नेपालका अध्यक्ष रामजीप्रसाद तिमिल्सनासंग गरीएको कुराकानी:
# होर्टीकल्चर एक्सपो (बागबाणाी मेला ) भनेको के हो ? यसको उदेश्य के हो ?
होर्टीकल्चर चांही अंग्रेजीमा हो नेपालीमा बागबाणी हो , नेपाली कल्चरमा कतिपय अंग्रेजी शब्दहरु नेपालीभन्दा पनि बढी प्रचलित छन् त्यसैले हामीले होटीकल्चर एक्सपो भनेर हरेक बर्षको हिउद अर्थात समय हेरेर चैत्र महिनामा आयोजना गर्ने गरीएको छ । यो बर्ष बसन्त ऋतुमा परेको छ । कुनै निश्चित जग्गमा बार बन्देज गरेर तरकारी ,फलफुल ,पुस्प,आलङ्कारिक बिरुवा को उत्पादन प्रसोधन बारे अध्यन अध्यापन गराउने बिज्ञानलाईनै बागबानी भन्ने गरीन्छ । र यो मेलाको उदेश्य भनेको ब्यवसायीक रुपमा उत्पादन गरीएका फलफुल ,कृषिबन ,जडीबुटीहरुको प्रर्दशन हो भने यतिबेला बिभिन्न प्रकारका फुलहरु पनि फुलीरहेको छ र ब्यवसायीक रुपमा बिक्री बितरण ,परामर्श ब्यवसायको प्रबद्र्धन र सेवानै एक्सपोको उदेश्य हो जहां एकै ठाउमा उपभोक्ताहरुले सयौं जातजातिका फुलबिरुवाहरु अवलोकन गर्न सक्नुहुनेछ । कृषि क्षेत्रमा लगानी र रोजगारीका अवसर विस्तार गर्न पनि योगदान पुर्याउने पाि मेलाको प्रमुख उदेश्य हो ।
# यस्ता खालका मेला किन आवश्यक छ ?
यस्तो मेलाहरु आवश्यक छ नेपालको लागि किनभने नेपालमा के कस्ता बिरुवाहरु उत्पादन हुन्छन् ,कसरी उत्पादन हुन्छ बजार कता खोज्न सकिन्छ र ब्यवसायीक हिसाबले अगाडि बढ्न चाहनेहरुको लागि पनि यो खालको मेलाहरु आवश्यक छ । हामीले मेला गरीरहंदा कति समयदेखि पर्खेर चासो दिएर आउनेहरु छन् । पछिल्लो समय त डिजिटल मार्केट भएर अहिलेको पुस्ता त्यसमा पनि शहरी क्षेत्रमा रहेका अहिलेका जेनेरशनलाई बिरुवा माटो मल के हो ब्यवहारीक रुपमा थाहा छैन पछिललो मेलाहरुमा कलेजहरुले नै बिद्यार्थीहरुलाई मेला अवलोकन गर्न र ब्यवहारीक ज्ञान दिन समेत लिएर आउने गर्छन । पुराना बिरुवाहरु बिलयनै भैसकेको अवस्थामा हामीले ति बोट बिरुवाहरु कसरी संरक्षण गर्न सकिन्छ भनेर बिज्ञहरुसंगै साक्षात्कार समेत गर्छौ र मेलामा सहभागि समेत परामर्शको लागि राख्ने गर्छौ । आफ्नो घरमा रोपेको बिरुवाहरुमा केही समस्या देखिएको छ भने फोटो तथा भिडियो लिएर मेलामा परामर्श लिन सकिन्छ । कहिले मेला होला र फुलबिरुवा अवलोकन परामर्श ,खरीद गरौ भनेर उपभोक्ताहरु पर्खीरहन्छन् भने ब्वसायीहरुले आफुले उत्पादन गरेका बिरुवाहरु प्रदर्शन गर्ने र बिक्री गर्ने अवसर पाउछन् । मेलाले सबैलाई धेरै फाइदा छ त्यसैले आवश्यक छ ।
# फुल बिरुवा सम्बन्धी एक्सपो गर्न कत्तिको गाहे छ ? सरकारी निकायबाट सहयोग कत्तिको हुन्छ ?
धेरै गाहे छ , मेला हेर्दा जति हरियाली राम्रो देखिन्छ गर्नको लागि सबैभन्दा पहिला आर्थिक अभावनै हुन्छ , हामीले नर्सरी ब्यवसायीहरुबाट स्टलको भाडा उठाएर धान्नुपर्ने अवस्था हुन्छ , सरकारी निकायबाट सहयोग गर्छौ भन्ने प्रतिबद्धता त गर्छन तर प्रकृया नै गाहे छ ।
# आजभोलि अनलाईनमा बिरुवाहरु किन्दा ठगीए भन्ने धेरै छन् नी तपाइहरुको उत्पादन किन त्यस्तो ठगीमा पर्छ ?
त्यैत यस्ता समाचार आइरहेका छन् र ठगीनेहरु पनि छन ठग्नेपनि छन् गुणस्तरीय बिरुवा अनलाइनमा हेरेर थाहा हुदैन ,प्रत्यक्ष अवलोकन गर्नुपर्छ ,त्यही भएर यस्ता एक्सपो जरुरी छ । आफुलाई बिरुवा चाहियो भन्दैमा अनलाइनमा तुरुन्तै डेलीभरी भैहाल्छ भनेर किन्नु हुदैन र ठगीनेहरुले पनि कसरी ठगीएछु भनेर मेलामा आएर परामर्श लिन सक्नेछन् ।
नर्सरी ब्यवसायीसंघको प्रेस बिज्ञप्ती अनुसार
नेपालको नर्सरी क्षेत्रले वार्षिक ६ अर्ब ४३ करोडको कारोबार गर्ने गरेको छ । देशभर रेहका ३ हजार ९ सय १ वटा पुष्प, फलफूल, कृषि वन तथा जडिबुटी नर्सरीले १ लाख २० हजार भन्दा बढीलाई रोजगारी सिर्जना गरेको संघले जनाएको छ । संघकाअनुसार नर्सरी क्षेत्रमा व्यवसायीहरूले ११ अर्ब ८३ करोड लगानी गरेका छन् ।
बिहिबारबाट हुने मेलामा मलखाद, बीउबिजन, गमला, औजार उपकरण तथा आधुनिक कृषि प्रविधिसम्बन्धी सामग्रीसमेत उपलब्ध हुने छ । मेलामा ५६ वटा व्यवसायिक स्टल, २ वटा फुड स्टल, तीनवटा आधिकारिक स्टल र चारवटा प्रतिस्पर्धात्मक स्टलसहित कुल ६५ वटा स्टल रहने छन् ।
मेलामा करिब ५१ हजार दर्शकले अवलोकन गर्ने र १ करोड ५० लाख रूपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ । मेलामा नर्सरी व्यवसायीहरूबीच प्रतिस्पर्धा गराई उत्कृष्टलाई शिल्ड, नगद र प्रमाणपत्रले सम्मान गर्ने कार्यक्रम समेत छ ।


