‘मिस एण्ड मिसेस मल्टि ट्यालेन्ट नेपाल २०२६’ को ट्यालेन्ट राउन्ड सम्पन्न

२०८२ चैत्र १६, सोमबार ११:३७ ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

‘मिस एण्ड मिसेस मल्टि ट्यालेन्ट नेपाल २०२६’ का प्रतियोगीहरुको ट्यालेन्ट राउन्ड शनिबार सम्पन्न भएकोे छ । प्रतियोगिताको फाइनल आगामी चैत्र २३ गते राष्टिय नाचघर जमलमा हुदैछ । प्रतियोगितामा सहभागि प्रतियोगीहरुले ट्यालेन्ट राउन्डमा गायन ,नृत्य , कबिता ,बक्तृत्वकला प्रस्तुत गरेका थिए ।

४ जना जजले ट्यालेन्ट राउन्डमा प्रतियोगीहरुको कलालाई जज गरेका थिए । जजहरुमा मोडल तथा नायिका अनिता गोले ,मिसेस स्टार युनीभर्स २०२३ दुबाई जोया बुढाथोकी,सामाजिक अभियान्ता तथा ब्यवसायी उज्जवल तामाङ दोङ र ब्ल्याक स्टार फिट्नेशका अध्यक्ष बुद्धीमान स्याङतान रहेका थिए । उनिहरुले प्रतियोगीहरुलाई हौसला प्रदान गरे ।

मुूस्कान ब्युटी सलुन एण्ड एकेडेमीले पहिलोपटक ‘मिस एण्ड मिसेस मल्टि ट्यालेन्ट नेपाल २०२६ को आयोजना गरेको हो फाइनल आगामी चैत्र २३ गते नाचघरमा हुदैछ । प्रतियोगीहरुले बिभिन्न सांस्कृतिक पहिरनमा समेत आफुलाई प्रस्तुत गरेका थिए । बिभिन्न पेशामा आवद्ध अविवाहित तथा विवाहित महिलाहरूले प्रतियोगितामा सहभागी भएका छन् ।


महिला सशक्तिकरण र महिलाको ब्यक्तित्व र नेतृत्व क्षमता बिकासको लागि ‘मिस एण्ड मिसेस मल्टि ट्यालेन्ट नेपाल २०२६’काृ आयोजना गरीएको आयोजक संस्था मुूस्कान ब्युटी सलुन एण्ड एकेडेमीकी अध्यक्षचेसाङ लामाको भनाई छ ।

प्रतियोगितामा बिजेता हुनेले नगद रु ५० हजारसहित क्राउन प्राप्त गर्नेछन् भने फस्र्ट रनरअपलाई नगद रु २५ हजार र सेकेन्ड रनरअपलाई नगद रु १५ हजार सहित क्राउन प्रदान गरिनेछ। साथै बिभिन्न बिधाका उत्कृष्ट प्रतियोगीहरुलाई गिफ्ट ह्याम्पर प्रदान गरीने आयोजकले जनाएको छ ।प्रतियोगितामा अविवाहित महिलाहरु १६ देखि २८ वर्ष सम्मका र विवाहित २० देखि ४५ वर्ष उमेरसम्मका सहभागि छन् ।

आयोजक संस्था मुूस्कान ब्युटी सलुन एण्ड एकेडेमीकी अध्यक्ष चेसाङ लामासंग गरीएको कुराकानीको भिडियो:

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय