नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीका नवनिर्वाचित सांसदहरुलाई बेग्लै बेलाएर बधाई दिएको छ। निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइरालाको उपस्थितिमा आज नवनिर्वाचित सांसदका लागि बधाई दिएका हुन्।बधाई कार्यक्रम महाराजगन्जस्थित स्मार्ट होटलमा जारी छ। कार्यक्रममा इतर पक्षका नेताहरू खड्का र कोइरालासहित विमलेन्द्र निधि, प्रकाशमान सिंह, जीतजंग बस्नेतलगायत शीर्ष नेताहरू सहभागी छन्। अहिले इतर समूहका केही सांसद पुगेका छन्।
कांग्रेसले प्रतिनिधि सभाको निर्वाचनमा ३८ सीट जितेको छ। कांग्रेसको संस्थापन पक्षले भने नवनिर्वाचित पार्टीका सांसदहरुलाई यसअघि नै सानेपामा बोलाएर प्रशिक्षण दिएको छ।

पार्टीभित्रको आन्तरिक विवाद चर्किँदै जाँदा खड्का कोइराला समूहले आज सांसदहरुलाई बेग्लै बेलाएर समानान्तर गतिविधि थालेका हो। भोलिबाट यो समूहको बेग्लै केन्द्रीय समिति बैठक बोलाएको छ।


