लिलिज लिभ्सले शहरी क्षेत्रलाई हरियाली बनाउने अभियानमा रैथानै बिरुवाहरु रोपेर संरक्षण गरीरहेको छ । शहरमा बोट बिरुवाहरु नष्ट हुदै गएको र बस्ती बाक्लीदै जादा बातावरणमा समस्या परीरहेको कुरालाई मध्यनजर गर्दै लिलिजलिभ्सले सन २०२३ देखि शहरी बन अभियान अन्तर्गत रैथाने बिरुवाहरु रोपेर संरक्षण गर्दै आएको लिलिजलिभ्स संसथाकी अध्यक्ष लिलि कटुवालले जानकारी दिनुभयो । लिलिज लिभ्सले काठमांडौ र ललितपुरका सार्वजनिक जग्गहरुमा सन २०२३ देखि स्थानीय निकायहरुसंग समन्वय गरी हालसम्म ४ चरणमा १७ हजार बढि बृक्षारोपण गरेर संरक्षण गरीरहेको कटुवालले बताउनु भयो ।
हामीले शहरमा रुखबिरुवको अभावमा बातावरण प्रदुषीत हुदै गएको महसुश गरीरहेका छौ भएका बिरुवाहरु पनि नेपाली हावापानी र माटो सुहाउदो नभएकाले ति बिरुवाहरुको आयु छोटो हुदै गएको छ त्यसैले अर्बन फोरेष्ट अभियान अन्तर्गत मियाओकी मेथडबाट हामीले नेपाली रैथाने बिरुवाहरु रोपेर संरक्षण गरीरहेका छौ लिलि कटुवालको भनाई छ ।

चैत्र २ अर्थात मार्च १६ मा चौथो चरणको बृक्षारोपणको समापन ललितपुरको सानेपा स्थित बाग्मती करीडोरमा एक कार्यक्रम गरीएको थियो जहां ललितपुरका मेयर चीरीबाबु महर्जन उपस्थित भएर लिलिज लिभ्सलाई धन्याद समेत दिएका थिए भने कार्यक्रममा बन तथा वाताबरण संगै स्थानीय निकायका प्रतिनिधि तथा स्थानयहरुको सहभागिता थियो । लिलिज लिभ्सले शिक्षा क्षेत्रमा पिछडीएका महिलाहरु त्यसतै फरक क्ष्नमता भएका सुन्न बोल्न नसक्नेहरुलाई बिभिन्न तालीमहरु प्रदान गरी आत्मनिर्भर बनाउदै सामाजिक कार्यसमेत गदै आएको छ ।



