शिवरात्रीमा नेपालमा फुल उत्पादन हुनै सकेन २५ लाखको फुल भित्राइयो

२०८२ फाल्गुन २, शनिबार १४:१५ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

महाशिवरात्री पर्वको अवसरमा पशुपतिनाथ मन्दिर सजाउन २५ लाखको फुल भारतबाट आयात गरीएको पशुपति क्षेत्रबिकास कोषले जनाएको छ ।
पशुपति क्षेत्र बिकास कोषका कार्यकारी निर्देशक सुभासचन्द्र जोशीले २५ लाख हराहारी मुल्यको फुल सजावटको लागि दाताहरुबाट आयात गरीएको बताए ।
कार्यकारी निर्देशक जोशीले नेपाली उत्पादनको प्रयोग गर्ने भनेपनि उत्पादन हुन नसक्दा आयात गर्न बाध्य हुनुपरेको बताउदै भने “हामीले लिखित रुपमै पत्र लेखेर फुल ब्यवसायको संस्था फ्लोरीकल्चर एशोशीयसनलाई आग्रह गर्यौ तर उहाहरुले हामीसंग उत्पादन छैन भन्नु भयो त्यसैले आयात गर्नुपर्यो ।”

सरकारको नीतिमा नेपाली उत्पादन प्रयोग गर्ने भनेपनि उत्पादन गर्न नसक्दा बाहिरबाट आयात गर्नुपर्ने बाध्यात्मक अवस्था छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय