महाशिवरात्रिमा पशुपतिमा ८ हजार सुरक्षाकर्मी २ बजेदेखि ४ ढोका खुला

२०८२ फाल्गुन २, शनिबार १४:११ ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपतिनाथ दर्शन र पूजाका लागि पुर्वसन्ध्या देखिनै साधुसन्त र भक्तजनहरूको भीड लागेको छ । महाशिवरात्रीको पुर्व सन्ध्यामा समेत सजावटको कार्य भैरहेको छ । फागुन ३ गते अर्थात आइतबार धुमधामका साथ महाशिवरात्री पर्व मनाइदैछ ।

पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिका लागि सबै तयारी पूरा भइसकेको र यो बर्ष आठ लाखभन्दा बढी भक्तजन आउने अनुमान गरेको छ । महाशिवरात्रि लागि पशुपतिनाथ परिसर फूलमाला र बिजुली बत्तीले झिलिमिली छ ।
हालसम्म भारतसहित देशका विभिन्न स्थानबाट ४ हजारभन्दा बढी साधुसन्त आइसकेको र यसपटक लागुपदार्थ पुर्णरुपले प्रतिबन्ध गरीएको पशुपति क्षेत्र बिकास कोषका कार्यकारी निर्देशक सुभासचन्द्र जोशीले जानकारी गराए । पशुपतिनाथ दर्शन गर्न आउनेका लागि आइतबार बिहान २ बजेबाटै मन्दिरको चारवटै ढोका खोलिने कोषले जनाएको छ । शिवरात्रीमा राष्टपति रामचन्द्र पौडेलल लगायत बिभिन्न भिआइपीहरुले दर्शन गर्ने ब्यवस्था छ ।

यसपटक आठ लाखभन्दा बढी भक्तजन आउने अनुमान गर्दै त्यसका लागि ट्राफिक व्यवस्थापनसमेत गरिसकिएको छ । ट्राफिक प्रहरीसँगको समन्वयमा तिलगंगा आँखा अस्पताल वरपर, सिफल चौर, गौरीघाट गुहेश्वरीपारि र कोषको कार्यालयमा पार्किङको व्यवस्था गरिएको छ ।

भक्तजनको सुरक्षा तथा सहजताका लागि आठ हजारभन्दा बढी सुरक्षाकर्मी खटिनेसमेत कोषले जनाएको छ । लाइन बसेको डेढ घण्टासम्ममा दर्शन र पूजा गर्ने गरी सहज व्यवस्थापन गरिएको छ । यस्तै भोजन, पानी, जुत्ताचप्पल राख्ने, स्वास्थ्य शिविर लगायतको पनि व्यवस्था गरिएको छ । यस बर्ष शिवरात्रीको भोलिपल्टबाट हंशमण्डपमा हाट बजारसमेत लाग्ने छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय