
देशैभर चुनावी माहोल बनेको प्रधानमन्त्री शुशिला कार्कीले बताउनु भएको छ ।मगलबार टुडीखेलमा आयोजित तमुलोह्सार महोत्सव २०८२ को उद्घाटन गर्दै प्रधानमन्त्री कार्कीले फागुन २१ गतेको चुनावक लागि देशैभर चुनावी माहोल बनेकोमा खुशी व्यक्त गर्नु भयो ।
राजनीतिक दलहरुले उत्साह पुर्वक समानुपातिक उम्मेदवारहरु घोषणा गरेकोमा प्रधानमन्त्री कार्कीले खुशी व्यक्त गर्नु भयो । देशमा शान्ति र स्थिरताका लागि चुनाव आवश्यक रहेको प्रधानमन्त्री कार्कीको भनाई थियो । कार्यक्रममा प्रधानमन्त्री कार्कीले तमु लोह्सार पर्वको अवसरमा शुभकामना दिदै येस्ता पर्वले नेपालीहरुमा एकता र शान्तिको सन्देश जाने बताउनु भयो ।

तमु ह्युल छो ज धी गुरुङ रास्ट्रीय परिषद केन्द्रिय समिति ,तमु लोह्सार मुल आयोजक समितिले टुडिखेलमा गुरुङ समुदायको नयाँ बर्षको अवसरमा तमु ल्होसार महोत्सवको आयोजना गरेको हो ।टुडिखेलमा देशैभरका काठमाडौमा बसोबास गरिरहेका विभिन्न जिल्लाका हज्जारौं गुरुङ समुदायको उपस्थिति रहेको छ ।
देशैभर चुनावी माहोल बन्यो – प्रधानमन्त्री कार्की
२०८२ पुष १५, मंगलवार ०९:०७ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
ताजा समाचार
लोकप्रिय
© 2026: Sunkeshari मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Design and Developed by: Webbank Nepal


