ग्रील व्यवसायीहरुले बनभोजमा शान्तिको लागि परेवा उडाए

२०८२ पुष १०, बिहीबार ०८:४७ ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

ग्रील तथा स्टिल व्यवसायीहरुले शान्ति र स्वतन्त्रताको संदेशको लागि परेवा उडाउदै बनभोज तथा भेटघाट कार्यक्रम गरेका छन् । बुधबार शखरापुर नगरपालिका सलम्बुटारमा व्यवसायीहरुले बनभोज तथा भेटघाटको कार्यक्रम गर्दै शान्ति र स्वतन्त्रताको संदेशको लागि एक जोडी परेवा सलम्बुटर देबि मन्दिरमा उडाएर देशकै शान्तिको लागि कामना गरे ।

कार्यक्रममा ग्रील तथा स्टिल व्यवसायी स्वर्गीय मैनुद्दिन शेखको सम्झनामा तस्वीरमा माल्यार्पण गरीयो ।

। व्यवसायीहरुले सलम्बुटारमा बाताबरण स्वच्छ बनाउन बृक्षा रोपण समेत गरे ।

ग्रील तथा स्टिल व्यवसायीहरु बिच भातृत्व विकास तथा सुमधुर सम्बन्धको लागि काठमाडौमा रहेका स्टिल व्यवसायीहरुले बनभोज तथा भेटघाट कार्यक्रम मा व्यवसायीहरु बिच एकता आत्मियता बढाउनु पर्नेमा बहस गरे ।
बनभोजसंगै भेटघाट कार्यक्रममा स्टिल व्यवसायी कुमार कसजु श्रेष्ठले ग्रील तथा स्टिल व्यवसायलाई सगठित बनाउन भेटघाटले महत्त्वपूर्ण भुमिका खेल्ने बताए । ग्रील तथा स्टिल व्यवसायी सघ काठमाडौले एकाई समिती र क्षेत्रीय समिति विघटन गरेकोमा असन्तुष्टि जनाएका थिए । कार्यक्रममा गायक सुर्यमणी आचार्यले प्रत्यक्ष गितहरु प्रस्तुत गरी ब्यवसायीहरुलाई मनोरञ्जन गराएका थिए । ग्रील व्यवसायीहरुले पेशालाई मर्यादीत बनाउन भेटघाट तथा छलफलसंगै मनोरञ्जनको लागि आफै मिलेर कार्यक्रम गरेका हुन ।
फोटो फिचर


प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय