पैसाले स्वास फेर्न सकिदोरहेनछ अक्सीजननै चाहिदोरहेछ भन्दै राजारामको १ लाख सहयोग

२०७८ जेष्ठ २, आईतवार ०५:२३ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

हास्य कलाकार राजाराम पौडेलले कोरोना संक्रमितका लागि अक्सिजन ग्यास उपलब्ध गराउन १ लाख नगद आर्थिक सहयोग गरेका छन् । वैज्ञानिक महाविर पुनको संस्था राष्ट्रिय आविस्कार केन्द्रलाई अक्सिजन खरिदका लागि बिहीवार एक लाख सहयोग गरेका हुन् । दर्शक कलाकारको अन्नदाता भएका कारण दर्शकको जीवन बचाउन आफूले सहयोग गरेको उनले बताएका छन् । पैसाले सास फेर्न सकिन्न भन्दै अक्सिजनको लागि सहयोग गरेको कलाकार पौडेलले बताएका छन् ।

अक्सिजन अभावका बेला धेरै नेपाली कलाकारहरुले सहयोगी हात अगाडि बढाएका छन् । अभिनेता पल शाह केही दिनदेखि कोरोनाका बिरामीलाई निःशुल्क अक्सिजन ग्यास उपलब्ध गराउन दिनरात खटिरहेका छन् । निखिल उप्रेतीसहितको टिमले पनि आर्थिक अवस्था कमजोर भएका कोरोनाका बिरामीलाई अस्पतालसम्म जान निःशुल्क अक्सिजनसहितको एम्बुलेन्स सेवा सुरु गरेका छन् । कसैले अइसियु कसैले एमबुलेन्स लगाएतका सेवा दिन खटीइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय