कथाले मागेको मारकाट परिवर्तनमा छ – निर्देशक बिजय केरुङ

२०८२ पुष २९, मंगलवार १२:२६ ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट


फिल्म निर्देशक बिजय केरुङले आगामी माघ ९ गतेबाट प्रदर्शनमा आउने फिल्म परिवर्तनमा कथाले मागेको मारकाट फिल्मको सीनमा रहेको बताएका छन । परिवर्तन फिल्मको सोमबार गरिएको ट्रेलर रिलिज कार्यक्रममा ट्रेलरको दृश्य हेरिसकेपछि सोधिएको प्रश्नमा निर्देशक बिजयले भने
“हो फिल्ममा मारकाट बढी देखिन्छ ,परिवर्तन गर्न सामना गर्न संघर्ष गर्नैपर्छ ,हाम्रा बिरुद्द बाहिरका दुश्मन आउदा त्यही प्रकारले हतियारको प्रयोग मारकाट गर्न हामी बाध्य भयौ ,चलचित्रको कथामै हामी ठूलो माससग जुध्दै छौ ,हाम्रो जमिन मिचेर अर्काले हस्तक्षेप गरेर लादैछ त्यो खोस्नको लागि जुध्नै पर्छ त्यो पनि परिवर्तन हो त्यसैले काट्मार भएको दृश्य कथाले मागेकोले राखेको हो ,सेन्सरमा कथा अनुसारको दृश्य भएकाले फरक पर्दैन ” यसैमा निर्माता दिपक शिवाकोटीले थपे ” हिन्दी फिल्महरुमा यो भन्दा
खतरा दृश्य हुन्छ जसलाई सेन्सरले पास गरेको छ हाम्रो परिवर्तन सिनेमामा पनि सेन्सरमा असर पर्दैन ” ।

ट्रेलर रिलिजमा नायिका करिश्मा मानन्धर ,अन्जना बराईली र सुशील श्रेष्ठले फिल्ममा सामाजिक सन्देश र समाजमा भएको परिवर्तनलाई देखाएकाले दर्शकको रोजाइमा पर्ने भनाई राखेका थिए।
फिल्म परिवर्तनमा एक्सन एक्टर सुशील श्रेष्ठ ,अन्जना बराईली ,करिश्मा मानन्धर , सरोज खनाल, बुद्धि तामाङ, हेमन्त बुढाथोकी, सुवास मेचे, पुकार भट्टराई, यामनाथ खरेल, सिरु विष्ट, आशा पौडेल, आयुषा कार्की लगायतको पनि अभिनय रहेको छ । फिल्मलाई दीपक सिवाकोटीले निर्माण गरेका हुन् भने उनको आफ्नै रहेको फिल्म परिवर्तनमा शिवम् अधिकारीले पटकथा तथा संवाद लेखेका छन ।

दक्षिण भारतीय फिल्ममा साउन्ड डिपार्टमेन्टमा अनुभव बटुलेकी एम. गीता गुरप्पा साउन्ड डिजाइनर रहेको परिवर्तन फिल्ममा शिव ढकालको डिओपी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन, बन्दे प्रसादको सम्पादन तथा एसडी योगीको संगीत छ । फिल्मले युवाको विद्रोही सोच, देशप्रतिको जिम्मेवारी र सुधारको चाहनालाई प्रस्तुत गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय