मन बिनाको धनमा अशोक दर्जीको क्रेज

२०८२ कार्तिक २६, मंगलवार १७:२८ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

यतिबेला सिनेमा हलमा चलिरहेको फिल्म मन बिनाको धनमा बाल गायकबाट चिनिएका कलाकार अशोक दर्जीको क्रृज ह्वत्तै बढेको छ । दर्शकहरु हलमा अशोक दर्जीलाई देखेर भावुक बनेका छन् । संगितकार गायक तथा मन बिनको धन निर्देशक टंक बुढाथोकीले अशोक दर्जीको संरक्षण गर्दै आएका छन् भने अहिले फिल्म मन बिनाको धन मार्फत ठुलो पर्दामा पनि अशोकलाई नै फिचर गराएर अशोकको छोटो जर्नी देखाएका छन् । मन बिनाका धन फिल्म यतिबेला सिनेमा हलहरुमा चलिरहेको छ ।
निर्माण टिमले शो कम पाएको गुनासो गरेपनि पाएको शोमा भने हाउसफुल छ र दर्शकहरुले मन पराइरहेका छन् । फिल्म मन बिनाको धन फिल्ममा सरोज खनाल, नीता ढुंगाना, रमेश विश्वकर्मा, भोला सापकोटा, बुद्दि तामाङ, रवीन्द्र झा, सन्तोष पन्त, रमा थपलिया, एआर बुढाथोकी, बिना राउत, उत्सव सापकोटा लगायतको पनि अभिनय रहेको फिल्ममा टंक स्वयंको कथा छ भने पटकथा शिवम् अधिकारीको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय