सिनेमाघर एपमा ब्लकबस्टर फिल्म ‘१२ गाउँ’

२०८२ कार्तिक ५, मंगलवार १६:१८ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

ओटीटी प्लेटफर्म सिनेमाघर एपले गत वर्षको ब्लकबस्टर फिल्म ‘१२ गाउँ’ रिलिज गरेको छ । लक्ष्मीपूजाको अवसरमा सोमबार सार्वजनिक गरिएको यो फिल्म दर्शकले विश्वभरबाट २९९ रुपैयाँमा हेर्न सक्नेछन् । बक्स अफिसमा यस फिल्मले २० करोड रुपैयाँभन्दा बढीको व्यापार गरेको थियो ।

अभिनेता विराज भट्टको निर्देशनमा बनेको फिल्ममा उनी स्वयंको मुख्य भूमिका रहेको छ भने समीर भट्ट, न्यान्सी खड्का, सनिशा भट्टराई, दिया मास्के, मुरलीधर, अर्जुन जङ्ग शाही, कनिज कोइराला, नरेन खड्कासहित दक्षिण भारतीय स्टन्ट निर्देशक स्टन्ट सिल्भा लगायतको पनि अभिनय छ । विराजका छोरा समीरले यही फिल्मबाट डेब्यु गरेका हुन् ।

सिनेमाघर एप गुगल प्ले स्टोर, एप स्टोर, एन्ड्रोइड टिभी, अमेजन फायर टिभी, सामसुङ स्मार्ट टिभी, एलजी वेबओएस लगायतमा उपलब्ध छ भने वेब ब्राउजर र क्रोमकास्टमार्फत पनि ‘१२ गाउँ’सहितका फिल्म हेर्न सकिनेछ । भुक्तानीका लागि मास्टर कार्ड तथा भिसा कार्ड र नेपाल तथा भारतबाट विभिन्न डिजिटल वालेट एवं क्यूआर कोडको प्रयोग गर्न सकिने जनाइएको छ ।

यो एपमा दशैंमा चार फिल्म ‘पिताम्बर’, ‘गाउँ आएको बाटो’, ‘होस्टेल ३’, र ‘फेरि रेशम फिलिली’ एकैसाथ रिलिज गरिएको थियो । यीसहित ‘लाखे, ‘दयारानी’, ‘पूजार सार्की’, ‘बोक्सीको घर’, ‘मनसारा’, ‘भष्मे डन’, ‘प्रसाद २’, ‘दुःखी आत्मा’ लगायतका फिल्महरू पनि एपमा उपलब्ध छन् । सिनेमाघर एप नेपालको पहिलो ओटीटी प्लेटफर्म हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय