फेसियल हाउसको उमेरसँगै जिम्मेवारी

२०७६ पुष ११, शुक्रबार ०४:५५ ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

फेसियल हाउसले १२औं बार्षिकोत्सव  मनाएको छ ।

कर्पोरेट ग्रुपका अध्यक्ष तथा फेसियल हाउसका सल्लाहकार उज्जवल जंग शाहले फेसियल हाउसको उमेरसँगै यसकोे जिम्मेवारी पनि बढेर गएको बताए । उनले फेसियल हाउस व्यवसायमुखी मात्र नभएर सेवामुखी रुपमा अगाडी बढेको बताए ।

फेसियल हाउसले धेरै महिलालाई तालिम प्रदान गरी उद्यमी बनाउनुका साथै देशका विभिन्न शहरमा आफ्नो शाखा विस्तार गरी सेवा पुर्याउँदै आएको बताए । उनले सरकारले लागु गरेको करप्रणालीका कारण सानादेखि ठूला सबै व्यवसायी मारमा परेकाले यसको उचित समाधान खोजिनुपर्नेमा समेत जोड दिए ।

कार्यक्रममा बोल्दै सांसद शान्ता चौधरीले महिलाहरुलाई घरभित्र मात्र सिमित नभएर आफ्नो दक्षता र क्षमता अनुसारको आयआर्जनको काममा संलग्न हुन आग्रह गरिन । उनले आफ्नो संघर्षको बारेमा बताउँदैं संघर्ष विना सफलता असंभव रहेको बताइन् ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले सरकारले महिला उद्यमीका लागि दिइएको सहुलियत सकारात्मक रहेको बताए । उनले महासंघले सधैभरी उद्यमीको हकहितका पक्षमा काम गर्ने प्रतिबद्धता जाहेर गरे । नेपाल रत्न तथा आभुषण संघका अध्यक्ष ज्योत्सना श्रेष्ठले घरदेखि व्यवसायमा आउने चुनौतीलाई पार गर्दै एक महिला उद्यमीको रुपमा आफूलाई स्थापित गर्दैयो स्थान सम्म आउन सफल भएकोमा फेसियल हाउसकी प्रबन्ध निर्देशक सुष्मा महरा शाहलाई बधाई तथा शुभकामना व्यक्त गरेकी थिइन् ।

बार्षिकोत्सवका अवसरमा फेसियल हाउसले विभिन्न व्यक्तिहरुलाई अवार्डका साथै मायाको चिनो प्रदान गरेको थियो । हाउसले ुबेस्ट स्किन केयर सर्भिस अवार्डु बृन्दा लामालाई प्रदान गरेको छ । त्यसै गरी ुबेस्ट पंचुवालिटी अवार्डु सैगीता रानालाई प्रदान गरेको छ भने ुवेस्ट हेयर स्टाइलिस्टु तथा ुवेस्ट प्रमोशन सपोटिङ अवार्डु सोनु के शर्मालाई प्रदान गरेको छ । ुबेस्ट म्यानेजमेन्ट अवार्डु सौलुजा चौधरीले हात पारिन भने ुबेस्ट स्टुडेन्टको अवार्डु सरु हमालले प्राप्त गर्न सफल भएकी छिन् । त्यसै गरी सिटिसि मलमा रहेको शाखाले ुबेस्ट ब्रान्चुको अवार्ड हात पारेको छ ।

फेसियल हाउसकी प्रबन्ध निर्देशक सुष्मा महरा शाहले १२ औं बर्ष सम्म फेसियल हाउसलाई ल्याइ पुर्याउन सहयोग गर्ने सबैमा धन्यबाद ज्ञापन गरेकी थिइन् । उनले आफ्नो एकल प्रयासले मात्र यो संभव नभएको र फेसियल हाउसमा कार्यरत कर्मचारी तथा सुभचिन्तकको साथ र मायाले यहाँ सम्म आउन सफल भएको बताएकी थिइन् ।

फेसियल हाउसकी प्रबन्ध निर्देशक सुष्मा महरा शाहको सभापतित्वमा सञ्चालन भएको उक्त कार्यक्रममा प्रमुख अतिथीको रुपमा संघिय संसद सदस्य, सांसद शान्ता चौधरीको उपस्थिती रहेको थियो । कार्यक्रममा अतिथीको रुपमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठ, नेपाल उद्योगग वाणिज्य महासंघ प्रदेश नं ३ अध्यक्ष दिनेश श्रेष्ठ, नेपाल महिला चेम्बरका अध्यक्ष उर्मिला श्रेष्ठ, नेपाल रत्न तथा आभुषण संघका अध्यक्ष ज्योत्सना श्रेष्ठ, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन, सिमेन्ट उत्पादक संघका अध्यक्ष धुब्र थापा, कर्पोरेट ग्रुपका अध्यक्ष उज्जवल जंग शाह लगायत रहेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय