जोश जगाउने चलचित्र रातोटीका निधारमा

२०७६ आश्विन ११, शनिबार १२:३४ ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

नेपाली चलचित्र जगतमा निरन्तर आफ्नो बर्चस्व कायम राख्दैे आएका चलचित्र निर्माता ,निर्देशक ,लेखक तथा कलाकार अशोक शर्माले गएको बर्षदेखि दंशै उपहार स्वरुप चलचित्र निर्माण गरेका छन् ।

यस पटकको दंशैमा लिएर आएका छन् चलचित्र रातोटीका निधारमा आफ्नै कथा र निर्देशनमा । रातोटीका निधारमा चलचित्रबाट उनले आफ्नै छोरा अंकीत शर्मालाई डेब्यु गराए । चलचित्र शुक्रबारबाट चलचित्रघरहरुमा चलिरहेको छ । समग्रमा रातोटीका निधारमा चलचित्रको सार नेपालमा रहेको बेरोजगारी र बिदेश मोहले निम्त्याएको घट्ना दुर्घटना र नेपालमै केही गरौं भन्ने सन्देश रहेको छ ।

निर्देशक लेखक – अशोक शर्मा

कलाकारहरु – अंकीत शर्र्मा साम्राज्ञी राज्यलक्षमी शाह , अंकीत शर्मा ,रबीन्द्र झा ,बुद्धी तामाङ ,नीता ढुंगाना , खुश्बु खड्का ,रामप्रसाद खनाल ,शिवहरि पौडेल ,राजाराम पौडेल ,लक्ष्मी गिरी ,अरुणा कार्की ,बसुन्धरा भुषाल ,अर्जुन श्रेष्ठ जयनन्द लामा, कमला रेग्मी

रातोटीका निधारमा चलचित्रको कथा शुरु हुन्छ ,बृत्तान्तबाट जुन आवश्यक जस्तो लाग्दैन ,कलाकारको संवादलेनै बुझीन्छ । दृष्टि (साम्रज्ञी आरएल शाह ) र आकाश (अंकीत शर्मा ) दुई जना साथी हुन्छन् । उनिहरु नेपाली युवायुवतीले देखेको अष्ट्रेलीया जाने सपना पुरा गर्न कनसल्टेन्सीको कमिसनमा नक्कली बिहे गरउने काम गर्छन ।

भित्रभित्रै आकाशले दृष्टिलाई मायको नजरले हेर्छन तर दृष्टिको भने अमेरीका जाने सपना हुन्छ डीपेन्डेन्ट भीसामा । उनिहरुको अंकलहरु हुन्छन एकजना सेल्फी एडीक्ट मोहीत (रबीन्द्र झा) जसको ३९ बर्षमा पनि बिहे हुन सकेको हुदैन र गणेश (बुद्धी तामाङ) मानसिक असन्तुलन बेलाबेला गुमाउने ।

दृष्टिको अमेरीका जाने सपना पुरा हुन्छ त्यसपछि अंकल मोहीत,गणेश र भित्रभित्रै मन पराउने तर ब्यक्त गर्न नसक्ने आकाशबीच सन्नाटा छाउंछ । तत्पश्चात आकाशले पनि अष्ट्रेलीया जाने निर्णय गर्दै एजुकेसनल कन्सिल्टेन्सी जान्छन तर १५ लाख लाग्ने भएपछि उनि अत्तालीन्छन । डिपेन्डेन्ट भीसामा अष्ट्रेलीया जा“दा केटा केटीबीच कसले कती पैसा हाल्ने भन्ने बार्गेनीङको यथार्थ दृश्य रमाईलो लाग्छ ।

त्यतीनेैबेला साउदीको लागि म्यानपावर कम्पनीमा धेरै संख्यामा मजदुरको खा“चो भएकोले कन्सल्टेन्सी म्यानेजरले आकाशलाई गा“उ गएर गाउलेहरुलाई फकाउन सुझाउंछ र सोही कमीसनले अष्ट्रेलीया जाने खर्च उठ्ने सल्लाह दिएपछि आकाश लाग्छ गा“उमा गाउलेहरुलाई खाडीमुलुक जान प्रोत्साहन गर्न ।
आकाश गा“उ पुग्दा दृष्टिलाई भेट्छ र अचम्म मान्छ दृष्टिले सबिस्तार बर्णन गर्छिन आफु अमेरीकाबाट फर्केर गा“उमा परिवर्तन ल्याउने सोचमा रहेको तर आकाश भने मान्छे बिदेश पठाउने धुनमा ।

गा“उघरमा पुरुषहरु काम नगरेर जुवा खेलीरहेको दृश्यले महिलाहरुलाई दिक्क बनाईरहेको हुन्छ त्यही समयमा बिदेश जाने पैसा कामउने लोभ देखाउदै आकाश पुगेपछि सबै युवाहरु लर्को लागेर बिदेश गएको दृश्य नेपालको गा“उबस्तीको यथार्थता बोल्छ ।

धन कमाउने सपना बा“डेर खाडी पुगेका आफ्ना मान्छेको लास बाकसमा आफ्नो घरमा आईपुग्दा गा“उभर सन्नाटा छाउ“छ ,लोग्ने मरेपछि स्वास्नीले हातभरी लगाएको रातो चुरा ढुङगाले फुटाउनु पर्ने सिउ“दोको सिन्दुर पखालेर सेतो बस्त्र पहिरिनु पर्ने बिद्यमान नेपाली परम्पराको दृश्यमा सबै स्तब्ध हुन्छन ।
यता दृष्टिले महिला सशक्तिकरणको भुमिका खेल्दै आफ्नै आफ्नै गाउ“मा कृर्षि तथा उद्योगको सीप प्रदान गर्दै महिलाहरुलाई आत्मनिर्भर बनाउछीन । चलचित्र सन्देश मुलक र जोश जगाउने रहेको छ रातोटीका निधारमा ।

चलचित्रको यसरीनै बगेको छ चलचित्र रातोटीका निधारमा बन्नेबेला देखिनै अशोक शर्माले आरोप खेपीरहेका थिए छोरालाई हिरो बनाउन फिल्म बनायो भनेर तर अंकीत शर्माले खोट लगाउनु पर्ने अभिनय भने गरेका छैनन बरु उनलाई कस्तो स्टारक्रेज बनाउने भन्नेमा भने निर्देशक अशोक शर्मा नै अल्मलीएका छन् ।

नायिका साम्रज्ञीले गरेको सामाजिक अभियान्ताको भुमिका स्वभावीक लाग्छ । बीचमा हांस्य रस मिसाउन खोज्दा कतै कतै कथाले बाटो छोडेको आभाष हुन्छ । बुद्धी तामाडको अभिनय अब्बल भएपनि उनलाई दिएको खुस्केटको भुमिका धेरै ठाउमा अस्वाभाविक लाग्छ भने रबीन्द्र झा र नीता ढुंगानको बिहेको रहस्य दर्शकहरुले खोजीरहेका हुन्छन ।

रातोटीका निधारमा लगाएर देशमै आफ्नै गाउमा केही गर्नुपर्छ आत्मनिर्भर बन्नुपर्छ र जोशका साथ समाज परिवर्तन गर्न पर्छ भन्ने सन्देश बोकेको चलचित्र रातोटीका निधारमा केही कमीकम्जोरी भएपनि दंशैमा रमाईलो गराउने छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय