
सिन्धुपाल्चोक जिल्लामा करिब ५२ प्रतिशत मतदान भएको बताईएको छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्र दुइ ओटा रहेको सिन्धुपाल्चोकमा कुल २ लाख ७४ हजार ९ सय ९८ मतदाता रहेका छन् । दुई ओटा निर्वाचन क्षेत्रमा १८–१८ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । जिल्लाका १२ स्थानीय तह र १०३ वडामा १ सय ४६ मतदान स्थलमार्फत ३ सय ३८ मतदान केन्द्रबाट मतदान भएको हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान मतदान सम्पन्न भएकोे बताइएको छ ।
मेलम्ची नगरपालिका–१० स्थित शीतलादेवी माध्यमिक विद्यालयको मतदान केन्द्रमा सामान्य विवादका कारण केहीबेर मतदान अवरुद्ध भएको थियो ।
छिटपुट सामान्य विवाद बाहेक जिल्लाभर मतदान प्रक्रिया सौहार्दपुर्ण रूपमा सम्पन्न भएको जनाइएको छ ।
अहिले मतपेटिका संकलन गरि सुरक्षीत रुपमा मत गणना स्थलमा ल्याउने काम सुरु भएको छ ।


