नर्सरी व्यवसायी संघ नेपालको आयोजनामा मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डमा ‘ तेस्रो तिहार फ्लोरा एक्स्पो ( २०८२ ’ शुरु भएको छ । ‘ तिहारको उत्सव, फूलको महोत्सव ’ भन्ने नाराका साथ संघले आयोजना गरेको एक्स्पो कार्तिक १ गते ५ दिन सम्म चल्ने छ । एक्स्पोको उद्घाटन गर्दे नेपाल सरकार कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा। गोविन्द्रप्रसाद शर्माले किसान मैत्री बिधेयेक र नीति तयार भएपनि बिबिघ कारणले अड्कीएको बताए । सचिव शर्माले नर्सरी ब्यवसायीसंघ संग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता पनि ब्यक्त गरे ।

कार्यक्रममा संघकी उपाध्यक्ष तथा मेला संयोजक लक्षमी महर्जनले देशको बिषम परिस्थितिमा पनि किसानहरुको मेहनतको उत्पादन बजारीकरण गर्न मेलाले सहयोग पुग्ने बताईन । कार्यक्रममा कृर्षिसंग सहभागि कसंघसंसथाका प्रतिनिधिहरुले कृर्षि नीति र ब्यवसथापनको बारेमा जोड दिएका थिए । कार्यक्रममा संघकना अध्यक्ष रामजीप्रसाद तिमिल्सेनाले नर्सरी तथा बिरुवाहरुको जात बर्गिकरण गरी दर्ता गर्नुपर्नेमा जोड दिए ।
नर्सरी र नर्सरी जन्य वस्तुको अत्याधिक परनिरर्भरतालाई कम गर्न संघले एक्स्पो गरेको जनाएको छ । एक्स्पोमा ६२ वटा व्यवसायीक स्टललगायत वनस्पती विभाग, पुष्प विकास केन्द्रसहितको अफिसियल ४ वटा स्टल तथा प्रतिश्पर्धाको ४ वटा स्टल समेत गरी जम्मा ७० वटा स्टल रहेका छन् ।
कार्यक्रममा व्यवसायीहरुको क्षमता विकासका लागि स्वस्थ प्रतिस्पर्धा गराई व्यवसायीहरुको हौसला बढाउन शिल्ड, नगद तथा प्रमाण ( पत्रद्वारा पुरस्कृत गरिएको छ । एक्स्पोमा विभिन्न प्रजातीका फूल फुल्ने तथा नफुल्ने आलंकारीक फूल विरुवाहरुलगायत कृषि तथा वन, जडिबुट्टी नर्सरी, फलफूल नर्सरीबाट उत्पादित विविध प्रजातीका बोट विरुवाहरु प्रदर्शनी तथा विक्री र वितरणको लागि राखिएको छ । साथै, एक्स्पोमा मलखाद, अर्गानिक एवं रासायनिक विषादी, विउ विजन, औजार उपकरण तथा प्रविधिहरुको समेत स्टल रहेको छ ।
एक्स्पोमा ३५ हजार अवलोकनकर्ताहरुले अवलोकन गर्ने साथै ७० लाख भन्दा बढीको आर्थिक कारोवार हुने अपेक्षा गरेको आयोजकले जनाएको छ । एक्स्पो अवलोकन गर्न सर्वसाधारणहरुको लागि प्रवेश शुल्क प्रति व्यक्ति १ सय रुपैयाँ र विद्यार्थीहरु तथा जेष्ठ नागरिकको लागि प्रति व्यक्ति ५० रुपैयाँ तोकिएको छ । एक्स्पोको प्रवर्द्धक पुष्प विकास केन्द्र र वनस्पति विभाग रहेको छ ।
एक्स्पोले आर्थिक मन्दिले सुस्ताएका हरित अर्थतन्त्र विकासमा संलग्न उद्यमी व्यवसायीहरु तथा यस व्यवसाय प्रति अभिरुचि राख्ने र समग्र कृषि क्षेत्रमा लगानी गरेर रोजगारी सिर्जना गर्ने सपना देखिरहेको उद्यमी व्यवसायी तथा जिज्ञासु साथै अध्ययन अनुसन्धानमा संलग्न व्यक्ति व्यक्तित्वहरुलाई उत्साहित र झकृत गर्ने आयोजकले विश्वास लिएको छ ।
फोटो फिचर













