राजनीतमा महिला सहभागिता नभएकोले लैगीक असमानता छ मन्त्री उमा रेग्मी

२०७९ श्रावण २६, बिहीबार ०२:५७ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री उमा रेग्मीले राजनीतिमा महिलाको सहभागिता कम भएका कारण लैंगिक समानतामा समस्या देखिएको बताउनुभएको छ ।
स्वास्थ्य क्षेत्रमा कार्यरत संस्थामा लैंगिक समानताबारेको अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै मन्त्री रेग्मीले राजनीतिमा महिला सहभागिता बढाएपछि मात्रै राज्यका हरेक क्षेत्रमा लैंगिक समानता कायम गर्न सकिने बताउनुभयो ।

राजनीतिमा महिला सहभागिता बढाउन आफूहरूले पहल गरिरहेको रेग्मीको दाबी गर्नुभयो । महिला स्वास्थ्यसँग सम्बन्धित नीति झनै कमजोर रहेको उहाँले स्वीकार गर्नुभयो । प्रतिवेदनले औल्याएका विषय सम्बोधन गर्न सरकार तयार रहेको पनि उहाँले बताउनुभयो । कार्यक्रममा राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले प्रतिवेदनले औल्याएका विषय सम्बोधन गर्न प्रयास गर्ने बताइन ।

वातावरण, जनसंख्या र स्वास्थ्य कार्यक्रम अनुसन्धान केन्द्र (कृपा) र ग्लोबल हेल्थ ५०–५० ले गरेको अध्ययनले स्वास्थ्य क्षेत्रमा कार्यरत संस्थामा लैंगिक समानता कमजोर रहेको देखाएको छ ।लैंगिक तथा स्वास्थ्य समतालाई स्वास्थ्य क्षेत्रमा कार्यरत संस्थाले कसरी सम्बोधन गरेका छन् भन्ने विषयमा अध्ययन गरी आवश्यक परिवर्तन गराउन सहयोग गर्ने उद्देश्यले अध्ययन गरिएको कृपाले जनाएको छ ।

अध्ययन प्रतिवेदनले नेपालको स्वास्थ्य क्षेत्रमा कार्यरत ७७ वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थालाई लैंगिक समानताको १२ वटा मापदण्डका आधारमा मूल्यांकन गरेको छ । अध्ययनले लैंगिक समानता तथा स्वास्थ्य समताका सम्बन्धमा ती संघसंस्थाले अपनाएका नीति तथा कार्यशैलीको पारदर्शिता र उपलब्धता कमजोर रहेको देखाएको छ ।

त्यस्तै, लैंगिक समानताको सार्वजनिक प्रतिबद्धता पनि अपर्याप्त रहेको अध्ययनले औँल्याएको छ । आधाभन्दा कम राष्ट्रिय गैरसरकारी संस्थाहरूले मात्र लैंगिक समानतामा सार्वजनिक प्रतिबद्धता जनाएको पाइएको छ । अध्ययनमा समावेश गरिएका ३० वटा राष्ट्रिय गैरसरकारी संस्थाहरूमध्ये केवल दुई संस्थाको मात्र कार्यस्थलअनुरूपको लैंगिक समानता नीति सार्वजनिक रूपमा उपलब्ध थियो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय