नेपाल मा २०८ जना सक्रमित आज मात्रै ७४ जना नया थपिए

२०७७ बैशाख ३०, मंगलवार १५:३० ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

नेपालमा आज एकै दिन अहिलेसम्मकै धेरै ७४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

पछिल्लो विवरण अनुसार थप १७ जनामा कोरोना पुस्टि भएको छ । राष्ट्रिय प्रयोगशालामा गरिएको परिक्षणमा मंगलबार १७ जनामा कोरोना पुस्टि भएको हो ।

उनीहरु कुन ठाँउका हुन भन्नेबारे विवरण आउँन बाँकी रहेको र केही बेरमा पूर्ण विवरण आएपछि औपाचारिक रुपमा सार्वजनिक गरिने अधिकारीहरुले जनाएका छन् ।

  • यसअघि आजै दिउसो ५७ जनामा कोरोना पुस्टि भएको थियो । यो सँगै नेपालमा कोरोना संक्रमितको कुलसँख्या २०८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय