दीपेन्द्र लामा निर्देशित चलचित्र ‘दुई नम्बरी’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार राजधानीमा आयोजित कार्यक्रमका बीच सिनेमाको ट्रेलर रिलिज गरिएको हो ।
किरण नेपाली प्रस्तुतकर्ता रहेको सिनेमामा दयाहाङ , सौगात मल्ल, उगेन छोदेन, उपासना सिंह ठकुरी, बुद्धि तामाङ, पुस्कर गुरुङ, कविता आले, शारदा गिरी, श्रेयस पौडेल, प्रकाश घिमिरे, सुष्मा निरौला, विश्वास गुरुङ, राजु थापा मगर, गणेश बस्याल लगायतका कलाकारकको अभिनय रहेको छ । आगामी असोज २१ गतेबाट प्रदर्शनमा आउदैछ ।
‘ सुसन प्रजापतिको छायांकन, जयन जे वाइवा र भुषण खतिवडाको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र निमेष श्रेष्ठको सम्पादन रहेकको छ ।
रेड बर्ड प्रोडक्सनको व्यानरमा निर्माण भएको सिनेमाको निर्मातामा राजीव गुरुङ, अमलादेवी राई, जयश श्रेष्ठ र कार्यकारी निर्मातामा सरोज नेपाली तथा सह(निर्मातामा मिठु तामाङ्नी रहेका छन् ।


