
निर्वाचन आयोगले पत्रकार सम्मेलन गरि करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक मत खसेको बताएको छ ।
आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान रहेको जानकारी दिएका हुन । यद्यपि पूरा विवरण संकलन हुँदै गरेको उनले बताए ।

निर्वाचनमा एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता थिए । जसमा ९६ लाख ६३ हजार ३५८ पुरुष मतदाता, ९२ लाख ४० हजार १३१ महिला मतदाता र २ सय जना अन्य मतदाता थिए ।


