पशुपतिमा तिज आफै गाउदै नाच्दै ( फोटो फिचर)

२०८१ भाद्र २१, शुक्रबार १४:११ ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

हरितालीका तिज शुक्रबार देशैभरका हिन्दु नारीहरुले मनाएका छन् । तिजको ब्रत बसेर पशुपतिनाथमा दर्शन गर्न दिनभर लाखौं महिलाहरु सहभागि भए । यस बर्ष पशुपति क्षेत्र बिकास कोषले पशुपतिनाथ मन्दिर दर्शन गर्न सहजतको लागि बिशेष ब्यवस्था अनुरुप मुख्यद्धार अगाडी भीड नहोस भनेर खाली राख्दै केहि मिटर पर फोटो भिडियो लिने स्थान बनाएको थियो । छिटो दर्शन गर्ने ब्यवस्था मिलाएकोमा दर्शनाथीहरु खुशी देखिन्थे । भिडभाड धेरै हुने भएकाले पशुपत मन्दिर परिसर भित्र गित बजाएर नाच्ने ब्यवस्था नभएकाले महिलाहरु दर्शन गरेर आफै समुह बनाएर नाच्दै गाउदै हिडिरहे । पार्वतिले ब्रत बसेर भगवान शिव पति पाएको मान्यता अनुसार हरितालिका तिजमा विवाहित महिलाले श्रीमानको आयु बढोस भन्ने कामना गर्दै र अविवाहिताले राम्रो बर पाउने विश्वासका साथ हरितालिका तिजको दिन ब्रत बस्ने गर्दछन् । पुरानो चलन अनुसार अघिल्लो दिन दर खाइसकेपछि ब्रतको दिन पानीपनि नखाई निराहार ब्रत बस्ने गर्दछन् भने कतिपय आफ्नो स्वास्थ्ष्य हेरेर ब्रत बस्ने गर्दछन् ।

पशुपति दर्शन गर्न तीजमा महिलाहरुको रमाउदै लाइनमा Teej2081/pashupati (youtube.com)

Video details – YouTube Studio

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय