एपोलो पेन्ट्सले ल्यायो दश बर्षे वारेन्टी रङ ,राजेश हमाल उपभोक्ता

२०८१ भाद्र ३०, आईतवार ०७:०९ ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

एपोलो पेन्ट्सले दश बर्षे वारेन्टीसहितको एक्सटेरीयर अल्ट्रा बेदर शिल्ड र इन्टेरीयर रोयल एक्सेल साईन पेन्ट्स लन्च गरेको छ । बर्दियाको बबाईमा डिलर्स मिट कार्यक्रम गरी एक्सटेरीयर अल्ट्रा बेदर शिल्ड र इन्टेरीयर रोयल एक्सेल साईन पेन्ट्स एपोलो पेन्ट्सका ब्रान्ड एम्बेस्डर महानायक राजेश हमालको उपस्थितिमा शुक्रबार लन्च गरीएको हो । एपोलोपेन्ट्सको एक्सटेरीयर अल्ट्रा बेदर शिल्ड र इन्टेरीयर रोयल एक्सेल साईन पेन्ट्स लन्च गर्दै महानायक रमजेश हमालले एपोलो पेन्ट्सको गुणस्तर अध्ययन गरेरै आफु सद्भावनादुत बनेको बताए ,उनले भने “म पनि एपोलो पेन्ट्सको उपभोक्ता हु झन अहिले स्वास्थ्यको लागि पनि सचेत भएर नयां मोडलमा लन्च गरीएको पेन्ट्सले सबै उपभोक्तालाई फाइदा पुग्नेछ ।” महानायक राजेश हमालले हाल बुढानिलकण्ठमा बनेको घरमा गुणस्तरीय भएकाले एपोलोपेन्ट्स लगाएको बताए ।

कार्यक्रममा एपोलेपेन्ट्सका निर्देशक नन्दलाल केसी (नन्दु)ले लन्च गरीएको पेन्ट्समा स्वास्थ्यका हिसबाले अत्यन्तै सुरक्षित रहेको बताए । पहिला जस्तो रंग अगाडि राख्ने बित्तिकै आउने स्मेलले स्वास्थ्यलाई हानी भएकाले अब देखि त्यस्ता केमीकल नराखी पेन्ट्स उत्पादन गरेको बताए । समयसंगै परीमार्जन गरी एपोलोपेन्ट्सको गुणस्तर बढाउदै जाने निर्देशक केसीको भनाई छ ।

एपोलो पेन्ट्सका बजार प्रमुख रोशन पन्तले नेपाली उत्पादन एपोलेपेन्ट्स देशैभर सबैको पहुचमा पुग्ने गरी बिक्री बितरण गर्ने कार्य भैरहेको बताए । उपभोक्ताहरुको लागि र ब्रिक्रेताहरुको लागि समेत बिभिन्न समयमा स्किम ल्याएर नेपाली उत्पादन एपोलो पेन्ट्सको बजार प्रबद्र्नमा लाग्ने बताए ।

पश्चिमी क्षेत्रलाई लक्षित गरी गरीएको डिलर्स मिट एण्ड लन्च कार्यक्रममा एपोलो पेन्ट्सको बिक्रेताहरुसंग उत्पादन तथा बिक्री बितरणलाई प्रद्धन गर्ने बिषयमा साक्षात्कार समेत गरेको थियो । २०६० सालमा एपोलोपेन्ट्सका संस्थापक अध्यक्ष बुद्धी बहादुर खत्रीले घर रंगाउने रङ नेपालमै उत्पादन गर्न पर्छ भन्ने मान्यता राख्दै शुरु गरीएको एपोलेपेन्ट्स अहिले देशैभर उपभोक्ताको रोजाईमा परेको एपोलो पेन्ट्सको दाबी छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय