असोज २४मा यि तिन फिल्मको भिडन्त

२०८१ भाद्र २६, बुधबार १७:३४ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

असोज २४ गते तिन ठुला ब्यानरका फिल्मले एकसाथ प्रदर्शन मिति घोषणा गरेपछि यतिबेला चलचित्र क्षेत्रमा बहसको बिषय बनेको छ । दिपाश्री निरौला निर्देशीत छक्कापन्जा ५ , बसन्त निरौला निर्देशित ज्वाई साब र बिराज भट्ट निर्देशित १२ गाउ एक साथ प्रदर्शनको मिति तोक्दै प्रचारप्रसारमा समेत लागीसकेका छन् फिल्म युनिट ।

यहि बीचमा छक्कापन्जा टिमबाट बाहिरिएका कलाकार जितु नेपालले दिपक दिपासंगको इगोले आफुले अभिनय गरेको घर ज्वाई फिल्म एउटै मितिमा प्रदर्शन गर्न लागेको भन्ने कुराको खण्डन गरेका छन् । मिति नमिलेर र दंशैमा सबैखाले फिल्म दर्शकले हेर्छन र अर्को तिर छक्का पन्जासंग कुनै इगो नभएको भन्दै सुर्यलाई हत्केलाले नछेक्ने दिपकराज गिरी चलचित्र क्षेत्रको खम्बा भएको बताएका छन् ।

त्यसो त धेरैले दंशै कसैको पेवा हैन सबैले आफ्नो तरिकाले ब्यापार गर्न पाउछन् भनेर टिप्पणी गरीरहेका छन् भने कतिले ठुला ब्यानरका फिल्म एकआपसमा नजुधेको राम्रो भन्ने प्रतिक्रियाहरु पनि दिइरहेका छन् । बिराज भट्टको १२ गाउमा आफ्नै छोरा समिरलाई डेब्यु गराएका छन् उनको उत्तिकै चर्चा छ भने छक्कापन्जा को आफ्नै इतिहांस छ उसै चर्चा यता ज्वाइसाबमा जितुको पनि उत्तिकै चर्चा ,अब असोज २४ गते दंशैको अवसरमा रिलिज हुने यि फिल्महरुमा बाजी कस्ले मार्ला १ महिना प्रतिक्षाको समय रहेको छ ।

मलिकाको आमानै ज्योतिष ,famous हुने भबिस्यबाणी ,पल सग बिहे भैदिए हुन्थ्यो भन्नेलाई जवाफ | alika Paul (youtube.com)

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय