ज्यानलाई खत्रा भए पो बडीगार्ड -राजेश हमाल

२०८१ आश्विन २, बुधबार ०६:३७ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

महानायक राजेश हमालको क्रेज यस्तो छ कि उनको नाममा कसैले नकरात्मक एक शब्द बोल्यो की सकियो नै जस्तो उनलाई मासले यसरी साथ दिन्छ । युग नायक नै हुन राजेश हमाल उनले जिन्दगीनै चलचित्र क्षेत्रलाई अपर्ण गरीरहेका छन् । कुनै कार्यक्रममा या बाटोमै हिडडुल गर्दा पनि उनका फ्यानहरुले उनलाई छोडदैनन सेल्फी भिडीयो फोटो लिएर राजेश हमालसंगको मेमोरी राख्न ।

त्यसो त धेरै कलाकारहरुले कुनै कार्यक्रममा जांदा बडीगार्ड लिएर अगाडिपछाडि पांच सात जना लगाएको देखिन्छ । राजेश हमाल कुनै कुनै कार्यक्रममा त एक्लै सरर निर्धक्कका साथ पुग्ने गर्छन । यसैसाता पश्चिमको एक कार्यक्रममा उनि सहभागि हुन एक्लै पुगे र यो पंक्तिकारले सोध्यो , राजेश हमालजस्तो ब्यक्तित्व बडीगार्ड कोही देखिदैन किन होला ? “उनले जवाफ फर्काए ज्यानलाई खत्रा भए पो बडीगार्ड राख्ने त ,मेरो ज्यानलाई केही खत्रा छैन बडीगार्ड अहिले जरुर छैन ।”

महानायक राजेश हमाल जनताको प्यारो नायक हुन पछिल्लो समय चलचित्रमा बिश्राम लिएको होकी भनेर अनुमान लगाउनेहरुको लागि ७ बर्षको अन्तराल पछि ‘नरसिंहा: अवतार’ नामक फिल्ममा काम गर्दैछन् । लामो समयको ग्याप पछि चलचित्रमा फर्कनुको कारण प्रष्ट्यउदै राजेश हमालले भने “चलचित्रनै कर्म हो चलचित्र त गर्नुपर्यो नी हैन र नरसिंहाको कथा मनपर्यो अनि गर्न लागेको हो ।”

‘नरसिंहा: अवतार’ फिल्म दिवाकर भट्टराईले निर्देशन गर्न लागेका हुन । फिल्म ‘नरसिंहा: अवतार’ राजेश हमाल, संगै राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, रमेश चन्द सोडारी उषा खड्गी लगायतका कलाकारहरुको अभिनय रहनेछ । राजेश हमालको पछिल्लो फिल्म सकुन्तला रहेको थियो जुन ब्यवसायीक रुपमा कम्जोर बनेको थियो ।

शारदा थापा

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय