सिटिएचले भित्रायो पहाडको भीर पाखामा पुग्ने जापनीज मोनोरेल

२०८१ श्रावण ६, आईतवार ०९:२९ ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

नेपालको पहाड र भिरालो क्षेत्रमा सामान ओसारपसार गर्न सहज हुने जापनीज मोनोरेल सिटिएच कम्पनीले नेपालमा भित्राएको छ । गएको जनवरीमानै नेपालमा सो मोनोरेल ल्याएर नागढुगां टनेल प्रोेजेक्टमा प्रयोग गरीसकीएको छ । भौगोलीक बिकटताका काराण उकालो तथा भिरालो बाटोमा सहज रुपमा सामान पुर्याउन र मानिसहरु समेत आवतजावत गर्न सहज हुने र प्राकृत्तिक बिपत्तिका कारण बाटो बिग्रदा पनि प्रयोगमा ल्याउन सकिने त्यस्तै कन्सट्रक्सन कम्पनी हाइड्रो पावर क्षेत्रमा पनि सामान ओसारपसार गर्न सहज हुने भएकोले नेपालमा सिटिएच कम्पनीले जापनीज मोनोरेल भित्राएको सिटिएचका प्रबन्ध निर्देशक शैलेश कंडेलले बताए ।


जापानको निकारी कम्पनीले उत्पादन गरेको जापनीज मोनेरल जापानमा ८० प्रतिशत सफल र सुरक्षीत भएको निकारी कम्पनीले जनाएको छ । शुक्रबार हिमालय होटलमा जापनीज मोनोरेलको इन्जीनीयर तथा बिज्ञहरुबीच प्रदर्शन गरीयो साथै यसको उपयोग र सम्भावनाको बारेमा छलफल र प्रिजेन्टेशन समेत गरीयो । दिगो विकास लक्ष्यको लागि नेपाल जस्तो भौगोलीक क्षेत्रमा निकै उपयोगी हुने डक्टर मित्सुगु नोमुराले आफ्नो प्रिजेन्टेशन मार्फत मोनोरेलको बारेमा जानकारी गराए ।

निकारी कम्पनी जापानका अध्यक्ष हिरोशी सुगीमोटोले जापनिज मोनोरेल जापानमा सफल मेशीनको रुपमा स्थापीत भएको र अन्य मुलुकमा समेत यसको प्रयोग भएको बताउदै नेपालमा यसको प्रयोगले धेरै सहज हुने बताए । यता नागढुगां टनेलमा आफैले नेतृत्व गरेर मोनोरेललाई नेपालमा पहिलो पटक प्रयोगमा ल्याएको अनुभवको बारेमा रिकार्डो द लियोनले जानकारी गराए । जापनीज मोनोरेल पेटोलबाट चल्छ जापनीज मोनोरेल नेपालको परिबेशमा निकै उपयोगी हुने बिज्ञहरुले बताएका छन् ।

(17) के पि ओलि प्रधानमन्त्री हुनेबित्तिकै आयो मोनोरेल /japanese mono rail in Nepal – YouTube

 

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय