८३ बर्षसम्म पाठेघरको उपचार हुन्छकी भन्ने आश

२०८१ जेष्ठ २६, शनिबार १८:२५ ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

शारदा थापा –उमेरले चौरासी टेक्नै खोज्दा आफ्नै टाउकोले भुइँ छुदै लौरोसगै हेरचाह गर्ने मान्छेको साहारामा हिड्नुपर्ने बाध्यता , चौबन्दी चोलो र फरियामा पटुकी कसेर बुढ्यौलीले दिएको उपहार अनुहारमा प्रष्ट झल्किन्छ ,घरी पुर्पुरोमा हात ,घरी सुस्केरा, घरी मन्द मुस्कान , एस्ता लक्षण उमेर ढल्कदै गएपछि सबैमा देखिन्छ । तर रोग लुकाएर र उपचारकै अभावमा ८३ बर्षसम्म पनि लौरो टेक्दै भौतारीनुको पीडा भोग्नेलाई मात्र थाहा हुन्छ , बिगत झन्डै ४ह५ बर्ष देखि पाठेघर खस्ने समस्याबाट पीडित ८३ बर्षे मसिना तामाङ यस्तै समस्या लिएर दिन काटीरहेकी छन् ,उपचार हुन्छकी भनेर शनिबार सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका वडा नम्बर ६ श्री महेन्द्रोदय माध्यमिक बिद्यालयमा राखिएको निशुल्क स्वस्थ्य शिबिरमा घिस्रदै आइपुगिन उनीआफ्नै बुहारीको साहारामा ।

सुनकोशी गाउँपालिका वडा नम्बर ६ खेताटोल निवासी तीन सन्तानकी आमा हुन मसिना । आफ्नो उपचार शल्यक्रिया बाहेक निको नहुने कुरा फेरि उनले सुन्नु पर्यो ,यस अघि पनि निशुल्क स्वस्थ्य शिबिरमै आएर परिक्षण गराउदा चिकित्सकले शल्यक्रिया गर्नुपर्ने भनेपछि नगरेको उनकी बुहारी लक्ष्मी तामाङले बताईन । पाठेघरको समस्या छ भन्ने कुरा शुरूवाती दिनमा आफुलाई थाह भएपनि “लाज र डरका कारण नभनेको र आर्थिक अभावमा गुज्रिएकोले उपचार गर्न आफै अस्पताल नगएको गुनासो उनको बुहारी लक्ष्मीले गरिन “उनले भनिन “पहिलानै थाह थियो तर सासुआमा उपचार गर्न नमान्ने एस्तै शिबिरमा ल्यायो जचायो तेस्तै छ अब अहिले नि आमाले मान्नु भयो भने अस्पताल लैजानुपर्ला ।

तर यो सम्भावना नै छैन , हुने भए मसिना तामाङको जल्दोबल्दो उमेरमा लागेको रोगको उपचार भैसक्थ्यो, अब उमेरले पनि शल्यक्रिया गर्न जोखिम हुने चिकित्सकले बताइसकेका छन । यो त एउटा प्रतिनिधि घट्ना मात्रै हो ,नेपालभर रहेका लाखौं महिलाहरूले
पाठेघर खस्ने समस्या अहिलेपनि लाज र डरले भन्न सक्दैनन् र उपचार गराउन पनि गाह्रो छ ग्रामिण बस्तीमा बस्ने महिलाहरुको लागि । एकातिर पोषणयुक्त खानाको कमी , आर्थिक अभाव अर्कोतिर लाज डर , भौगोलिक दुरीका कारण गाउँ गाउँमा गुणस्तरीय अस्पतालको पहुँच पुग्न नसक्नु विविध कारण छन पाठेघर अर्थात आङ खस्ने समस्या बड्नुका कारण । अस्पताल पुग्न सक्ने क्षमता नै छैन । जनचेतनाको कमीले अझै पनि रोग पालेर बस्न बाध्य महिलाहरू मसिना तामाङले जस्तै पीडा भोग्न बाध्य भैरहन्छन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय