बोबी’को रोमान्टिक गीत ‘आँखाको नानी’ सार्वजनिक

२०७५ जेष्ठ १७, बिहीबार १५:४२ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

आगामी असार २९ गते रिलिज हुन फिल्म ‘बोबी’को रोमान्टिक गीत ‘आँखाको नानी’ सार्वजनिक भएको छ । नर्वेमा बस्दै आएका प्रवासी नेपाली उमेश थापा र कविता गुरुङको वास्तविक कथालाई प्रस्तुत गरिएको फिल्मको गीतमा उमेश र कविताकै अभिनय छ । गीतमा बसन्त सापकोटाको शब्द र संगीत, राजेशपायल राई र दीपा लामाको स्वर छ ।

राजधानीमा मंगलबार आयोजित गीत सार्वजनिक कार्यक्रममा निर्देशक मिलन चाम्सले वास्तविक कथालाई फिल्ममा प्रस्तुत गरिएकाले दर्शकले फिल्म रुचाउने बताए । ‘फिल्ममा उमेश र कविताको प्रेम, संघर्ष र सफलताको कथा छ ।

फिल्ममा विजय लामा, रुबी राणा शाह, देशभक्त खनाल, रश्मी भट्ट, रवि गिरी, सुरवीर पण्डित, बादल भट्ट, पुर्णिमा लामा, शिशिर राणालगायतका कलाकारको अभिनय रहेको छ । चाम्स इन्टरटेनमेन्ट र लण्डन आई इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको फिल्ममा सञ्चारकर्मी नरेश भट्टराईको पटकथा, नवराज कृष्ण थापाको छायांकन, अर्जुन जिसीको सम्पादन र ताराप्रकाश लिम्बुको संगीत छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय