आगामी साउन ४ गते रिलिज हुने फिल्म ‘पण्डित बाजेको लौरी’को पहिलो गीत ‘चोली तुना’ सार्वजनिक भएको छ । आइटम गीतमा सन्ध्या केसी, प्रमोद अग्रहरि, मरिष्का पोखरेल, भोलाराज सापकोटा, प्रविन खतिवडा, विजय बरालले कम्मर मर्काएका छन् ।
गीतमा कृष्ण केसीको शब्द, श्रीकृष्ण बम मल्लको संगीत, मिना निरौला र श्रीकृष्णकै स्वर तथा विक्रम स्वाँरको कोरियोग्राफी छ । निर्देशक दिपक ओलीले फिल्मको ट्रेलर र गीतमा बाहुन संस्कृतिलाई बढावा दिए पनि फिल्मले समाजमा सकारात्मक सन्देश दिने बताए ।
बादी–बदिनीको कथा देखाइने फिल्ममा लोकेन्द्र लेखक, कुलदीप अधिकारी, विशाल पहारीलगायतको पनि अभिनय छ । अधृत फिल्मस्को व्यानरमा निर्मित फिल्ममा थमनकुमार भण्डारी (राज) र किशोर खड्काको लगानी छ । फिल्ममा विदुर पाण्डेको छायांकन, मित्र डी गुरुङको सम्पादन, विक्रम स्वाँरको कोरियोग्राफी र श्रीकृष्ण बम मल्ल तथा अमित श्रेष्ठको संगीत छ ।


