तिमी हुन्छौ जहांजहां को टेलर आउट

२०७५ जेष्ठ १७, बिहीबार १५:२१ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

 

आगामी असार ८ गते रिलिज हुने फिल्म ‘तिमी हुन्छौ जहाँ जहाँ’मा रोमान्टिक जोडी बनेका छन् ,   मलिना र मनिष । फिल्मको बिहीबार सार्वजनिक ट्रेलरमा शुरुमा मनिषसँग रोमान्समा रहेकी मलिना पछि मनिषकै कारण प्रेममा पीडित बनेको देखाइएको छ ।

विकास बस्यालको कथा र निर्देशनमा बनेको फिल्ममा स्वरुपपुरुष ढकाल, रवि गिरी, विश्व बस्नेत, रुपा राना, गोपाल ढकाल, तमन्ना केसी, गीता अधिकारी, धिरज सुनार, विनिता ओली र वर्षा शिवाकोटीको अभिनय छ ।

बीएण्डबी फिल्मस्को व्यानरमा बनेको फिल्ममा मदन दवाडी, डालचन्द्र दवाडी, हरिप्रसाद अधिकारी निर्माता, प्रकाश बास्कोटा कार्यकारी निर्माता र विना कार्की सहनिर्माता छन् । फिल्ममा माधव शर्मा घिमिरेको पटकथा र संवाद, रोशन श्रेष्ठको द्वन्द्व, अर्जुन पोखरेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी, भुपेन्द्र अधिकारी र सालिक दुलालको सम्पादन र रामशरण उप्रेतीको छायांकन छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय