थाइल्याण्डमा छायांकन गरिएको चलचित्र ‘चिमुसीची’को पहिलो गीत सार्वजनिक भएको छ ।
‘तिमीले माग्छ्यौ भने मुटु’ बोलको गीत सार्वजनिक गरिएको हो ।
भिडियोमा चलचित्रका मुख्य कलाकार सुनिल क्षेत्री र एलिसा शर्मालाई फिचरिङ गरिएको छ । भिडियोको कोरियोग्राफी पनि सुनिलले नै गरेका हुन् ।
चलचित्रमा सुनिल क्षेत्री, एलिसा शर्मा, सुशान्त कार्की, कमली वाइवा, शशांक बस्याल, शेखर सुवेदी, शिवराज कार्कीको मुख्य भूमिका छ ।
गीतमा अन्जु पन्त र यूवराज चौलागाइको स्वर, सुरज अधिकारीको शब्द तथा संगीत छ ।
चलचित्रमा कथा, पटकथा तथा निर्देशक दिनेश श्रेष्ठको छ ।
शिवराज कार्की कार्यकारी निर्माता रहेको चलचित्रमा अरुन गुरुङ, महेश्वर खत्री, सुवास बर्तौला, डब बहादुर गुरुङको लगानी छ ।
बासु न्यौपानेले खिचेको चलचित्रलाई भूपेन्द्र अधिकारीले सम्पादन गरेका हुन् । चलचित्र साउन ११ गतेबाट रिलिज हुनेछ ।


