जाजरकोट दरबारमा नायिका रेखा कम्मर मर्काउदै

२०७५ जेष्ठ १४, सोमबार १७:३८ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

नायिका तथा निर्देशक रेखा थापाले निर्माण गरिरहेको चलचित्र ‘मालिका’को जाजरकोटको दरबार प्राङ्गणमा  एक गीतको छायांकन भैरहेको छ ।

काठमाण्डौदेखि सुरु भएको चलचित्रको छायांकन कोहलपुर हुँदै जाजरकोटमा गरिएको हो ।

जाजरकोटको स्थानिय भेषभुषा र संकृति झल्किने मेलाको दृश्यलाई २ सय ६८ बर्ष अघि निर्माण गरिएको जाजरकोट दरबारमा गीतको भिडियो खिचिएको हो ।

रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतमा एक सय बढी कोरसले नृत्य गरेका छन् ।

चलचित्रमा रेखा र जाजरकोटकी चौध वषिर्या कमला ओली मुख्य भूमिकामा छन् ।

अबको दश दिनमा चलचित्रको छायांकन सकिने निर्देशक समेत रहेकी रेखा थापाले बताइन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय