लेखेर बिर्सिएको कथा सुनकेसरीले दर्शकको मन जित्यो

२०७५ जेष्ठ १४, सोमबार १७:०३ ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

 

निर्मात्री तथा अभिनेत्री ऋचा शर्मालाई आधालभ निर्माण पश्चात असफल निर्मात्री भनीदै आएको थियो ।

यतिसम्मकी प्रदर्शन भैरहेको सुनकेसरीको प्रचारप्रसारमा पनि उनले आधालभको असफलताको स्पष्टिकरण दिनुपरेको थियो ।

तर अब ऋचा शर्माको दिन फिरिरहेको छ । ऋचा शर्मा निर्मित हरर जनराको फिल्म सुनकेसरी हेर्न दर्शकहरुको उत्साह बढ्दो छ ।

अनुमान धेरैले गरेका थिए आजभोलीको जमानमा भुतको फिल्म कस्ले हेर्छ र भन्ने ,तर ओपनीङनै हाउसफुल भैदीयो मल्टीप्लेक्स हलहरुमा । ,शुक्रबार र शनिबार सुनकेसरी हेर्न दर्शकहरुको गजबको उपस्थििति देखियो ।

पुर्णरुपमा अष्ट्रेलियामा छांयाकन गरीएको फिल्म सुनकेसरीको प्राबिधिक पक्षको सबैले खुलेरै तारीफ गरेका छन् ।

ब्याकराउण्ड स्कोर र सिनेम्याटोगा्रफीले सुनकेसरी हेर्न हलमा बस्दा अ“ाखालाई शितलता मिल्न््े दर्शकहरुको प्रतिक्रिया रहेको छ । फिल्मलाई राह शर्माले खिचेका हुन । े

नेपालमा हरर फिल्म हेर्ने दर्शकहरुको चाहना पुरा गर्ने फिल्म मेकर छैनन भन्ने पनि सुनकेसरी हेर्ने भीडले प्रमाणित गरेको छ ।

फिल्म हलबाट निस्कदा दर्शकहरुले भने मिश्रित प्रतिक्रिया दिएका छन् ,कसैले हरर हेर्न आएको कमेडी भनेका छन् भने कसैल अझेै तर्साउने फिल्म बन्नु पर्ने बताएका छन् ।

फिल्मको तिन दिने कलेक्सन जानकारीमा आए अनुसार ८३ लाख रहेको बताईएको छ ।

अपर्ण थापाले निर्देशन गरेको सुनकेसरीले दर्शकहरुको साथ पाईरहंदा निर्माण टिम दंग देखिएको छ ।

निर्देशक अर्पण थापाले सुनकेसरीको कथा भुतको कथा भनेर सन २००७ मा लेखेका थिए ।

तर समयको अन्तरालसंगै आफैले लेखेको कथा उनले बिर्सिएका थिए रे ।

जब फिल्म बनाउने तयारी भयो तब २००७ मा लेखेको कथालाई मिलाएर सुनकेसरी दर्शकमाझ आउदा सुनकेसरीले दर्शकको मन जितिरहेको छ ।

निर्माण टिमले भनेअनुसारको बिग बजेटमा बनेको सुनकेसरीले आफ्नो लगानी उठाउन भने अझै दर्शकहरुको फ्लो बढ्नुपर्छ ।

सुकेसरी पार्ट २ को पनि अभिनेत्री तथा निर्मात्री ऋचा शर्माले घोषणा गरीसकेकी छन् , अब प्रदर्शनरत सुनकेसरीको फिडब्याक सुनेर सुनकेसरी २ दर्शकहरुको चाहना अनुसार निर्माण गर्ने ऋचाको भनाई छ ।

भीम न्यौपाने र ऋचा शर्माले निर्माण गरेको सुनकेसरीमा मनोज अधिकारी कार्यकारी निर्माता हुन ।
फिल्ममा ऋचा, रबिन्द्र झा , सनी ढकाल, लरेन लफवर्ग, सुनिल पराजुली लगायतको अभिनय छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय