शत्रु गतेको ५१ दिन

२०७५ बैशाख ३०, आईतवार ०३:१८ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

चैत्र ९ गतेबाट रिलिज भएको चलचित्र ‘शत्रु गते’ले काठमाण्डौका विभिन्न ८ वटा हलमा ५१ दिन मनाएको छ ।

चलचित्र प्रदर्शनको ५१ दिनको अवसर पारेर यसको निर्माणपक्षले ललितपुरको इमाडोलमा रहेको एक ब्याङ्केटमा धन्यवाद ज्ञापनको कार्यक्रम आयोजना गरेको छ ।

मह संचारको प्रस्तुतिमा किरण केसीले निर्माण गरेको यो चलचित्रलाई प्रदिप भट्टराइले निर्देशन गरेका हुन् । चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दिपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, शिवहरि पौडेल, रमेशरञ्जन झा, पल शाह, आँचल शर्मा लगायतका कलाकारको मुख्य भूमिका छ ।

चलचित्रले गौरवमय ५१ दिन मनाएको अवसर पारेर यसको निर्माणपक्षले मायाको चिनो र धन्यवाद पत्र समेत प्रदान गरेको छ ।

कार्यक्रममा चलचित्रका मुख्य कलाकार, प्राविधिकहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । यस्तै, हल संचालक, वितरक, विभिन्न ब्रान्ड पार्टनरहरुलाई धन्यवाद पत्र ज्ञापन गरियो ।

यस्तै, चलचित्र पत्रकारहरुलाई पनि मायाको चिनो प्रदान गरिएको थियो ।

कार्यक्रममा बोल्दै चलचित्रका निर्माताद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले नेपाली चलचित्र हेर्ने बानीको बिकास भएको भन्दै खुशी व्यक्त गरे ।

निर्देशक प्रदिप भट्टराइले चलचित्र सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए ।

लामो समयपछि नेपाली चलचित्र ५१ दिन प्रदर्शन भएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय