नायक आर्यन सिग्देलले निर्माण गरेको फिल्म ‘कायरा’ को रिलिज मिति तय गरिएको छ । वितरक सुनिल मानन्धरका अनुसार आर्यनको कायरा साउन १८ गतेदेखि अल नेपाल प्रदर्शनमा आउनेछ ।
मैंले त्यस्तो लक्ष्मण रिजाल निर्देशित फिल्म ‘कायरा’ मा आर्यन र साम्राज्ञी मुख्य जोडीको रुपमा प्रस्तुत भएका छन् । फिल्ममा संगीत कल्याण सिंहको छ । शिवराम श्रेष्ठको सिनेम्याटोग्राफी रहेको ‘कायरा’को सम्पूर्ण जसो छायाँकन फिलिपिन्समा गरिएको हो ।


